आज कुकुर तिहारः लक्ष्मीपूजा पनि आजै

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास रहिआएको छ ।
आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप बालेर दक्षिण फर्काएर बगाउनाले मृत्युपश्चात नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास छ ।
आजै साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । घर आँगन सफासुग्घर राखी लक्ष्मीको भक्तिपूर्वक पूजा गरे धनधान्यले पूर्ण हुने धार्मिक विश्वास छ ।
कात्तिक ८ गते मंगलबार गाईपूजा परेको छभने बुधवार गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्हः) पूजा परेको छ।
यसैगरी तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते विहिवार परेको छ। भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

11 thoughts on “आज कुकुर तिहारः लक्ष्मीपूजा पनि आजै

टिप्पणीहरू are closed.