एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनः अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

दिव्य रोशनी(धरान)/ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ।
सोमवार राति हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए।
संविधानसभा अध्यक्ष नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए । उनी जनआन्दोलन २०६२–६३ सँगै पुर्नस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।
राष्ट्रिय सम्मान दिने सरकारको निर्णयः


संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ । आज मंगलवार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। मन्त्रिपरिषद बैठकले नेम्वाङलाई राष्ट्रिय सम्मान निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने र त्यही दिन सार्वजनिक बिदा हुने मन्त्री किराँतीले जानकारी दिए।

One thought on “एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनः अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

टिप्पणीहरू are closed.