आत्महत्या रोकथामका लागी धरानमा अन्र्तक्रिया

दिव्य रोशनी(धरान)/ विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा धरानमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ।
“आशा जगाऔं जिवन बचाऔं” भन्ने नाराका साथ विश्व आत्महत्या दिवस धरानमा पनि मनाईएको हो। धरान उप–महानगरपालिकाको कार्यपालिका हलमा भएको सो अन्र्तक्रिया कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक सहायक प्राध्यापक डा. मधुर बस्नेतले स्थानिय सरकार सहित राज्यका सबै तहबाट विशेष रणनीति तयार गरी कार्यान्वयन गरे आत्महत्या न्यूनीकरण तथा रोकथाम हुने सक्ने बताए । उनले अधिकांश आत्महत्याका घटना मानसिक रोग र डिप्रेसनबाट हुने गरेको बताउदै त्यस्ता रोगीहरूका स्वास्थ्य उपचारको प्रबन्ध स्थानिय सरकारबाट हुनसके त्यसले आत्महत्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।


यसैगरी कार्यक्रममा मेयर हर्क साम्पाङले श्रम गरे समृद्धि हुने, समृद्धि पछि खुसी र खुसीले मन नै आनन्दित हुने भएकाले सबैले श्रम गर्नुपर्ने बताए। यसैगरी इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले आत्महत्या न्यूनीकरणको कार्य घरबाटै सुरुवात हुनुपर्ने बताए । उनले मोबाइलले संसारसँग नजिक बनाएकोले घर र नजिकको मान्छेसँग दुरी बढेपछि डिप्रेसनमा जाने अवस्था बढेको बताए।

One thought on “आत्महत्या रोकथामका लागी धरानमा अन्र्तक्रिया

टिप्पणीहरू are closed.