आदिवासी महिला नगरमा जिमि

दिव्य रोशनी(धरान)/ आदिवासी जनजाति महिला महासंघ धरानको दोस्रो अधिवेशनबाट लहरु माया जिमिलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको छ।
शनिवार सुनसरी उद्योग महासंघको भवनमा सम्पन्न भएको अधिवेशनले अध्यक्ष लहरु माया सहित १० जनालाई सर्वसम्मत रुपमा छनोट गरिएको हो । उपाध्यक्षमा जितमाया मगर,सचिब रिता खापुङ,सहसचिव मन्जु शेर्पा,कोषाध्यक्ष सुमित्रा राई,सदस्यहरुमा कमला पाख्रीन, जगतकुमारी श्रेष्ठ ,प्रेमकुमारी सुनुवार, मुना माझी सोमिता भुजेललाई चयन गरिएको छ।
धरान उपमहानगरमा नेपाल आदिवासी जनजाति महासंघमा १३ जातिय संस्था आबद्ध छन। बाँकी रहेका शिङ्सा, गुरुङ, उराँव,जातिय संस्थालाई बैठकबाट मनोनीत गरिने जनाएको छ। दोस्रो अधिवेशनको खुला सत्र आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष संगीता सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। उनले आदिवासी महिलाहरु तीन कुराले पछि परेको बताउदै जसमा एउटा आदिवासी भएकोले, अर्का महिला भएको र तेस्रो राजनीतिक चेत कम भएको बताए । उनले भर्खरै सम्पन्न तिनदिने धरान महोत्सवमा रक्सी पारिएको दृश्य समेत आदिवासी महिलाको आन्दोलनको प्रतीक भएको बताए ।
अधिवेशन निवर्तमान अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा भएको हो । अधिवेशनमा अदिवासी जनजाति नगर महासंघ अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङ,नगर सल्लाहकारहरु चित्रराज थापा मगर,तेन्जिङ शेर्पा, महिला पुर्व अध्यक्ष तथा संस्थापक मिना पुलामी मगर, रमला तामाङ तथा महासंघका जातिय अध्यक्षहरुको उपस्थिति रहेका थिए।