बुधबार ४३५ जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७ सय १५ पिसीआर परिक्षण गर्दा ३ सय ७० जना र ३ हजार ५ सय ५२ एन्टिजेन परिक्षणबाट गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ३९ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख १३ हजार १ सय ७६ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ५ हजार २ सय २५ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कुनैपनि मृतकमा कोरोना संक्रमण पुष्टि भएको छैन। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय १ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।