हिन्दु जातीय उत्श्रृङ्खलता र संस्कृत भाषा
संस्कृत भाषा पनि हाम्रै निधि हो । यसलाई मर्न दिनुहुँदैन, विद्यमान सबै भाषाहरूको संरक्षण गर्नुपर्छ । तर संस्कृत भाषा जगेर्ना गर्ने नाममा राज्य एक पक्षीय हुनुहुँदैन । आज नेपालमा संस्कृत भाषाको लागि राज्यले आवश्यकता भन्दा बढि महत्व दिएर बालुवामा पानी हालिरहेको छ । संस्कृत भाषाको लागि छुट्टै विश्वविद्यालय खोलिएको छ । त्यसमा पनि अझ विद्यालय स्तरमा संस्कृत पढाउने नीति सरकारले ल्याउनै लागेको छ । यो त हिन्दुआर्य जातीय उत्श्रृङ्खलता हो, जातीय सद्भाव खलल पार्ने नीति हो । यो अन्य भाषाभाषीमाथि विभेद हो ।

संस्कृत भाषा
संस्कृत भाषा हिन्दुआर्यहरूको विगत पुर्खाको भाषा हो । वर्तमान अवस्थामा कर्मकाण्डीय काममा पुरेतले मन्त्र उच्चारण गर्नुबाहेक बाहिर प्रचलनमा छैन । व्यवहारिक हिसाबले यो भाषा प्रायः मृत झै छ । तर पनि यो भाषालाई अतिरञ्जित तवरले बढाइचढाइँ गरिने गरिएको छ । पूर्वीय दर्शन र ज्ञानको भण्डार भनेर राज्यले काखी च्यापेको छ ।
पाश्चात्य संस्कृत
संस्कृतभाषा पूर्वीय होइन, पाश्चात्य हो । संस्कृत भाषा ईन्डा–युरोपियन वर्गमा पर्दछ । यस कारण संस्कृत भाषाको युरोपियन बासिन्दा सँंग साईनो छ । संस्कृत भाषा युरोपको लिथुनिया देशको भाषासंँग हुबहु मिल्छ । जस्तोः लिथुनिया भाषामा आगोलाई अग्नी, मानिसलाई पुरुष, ईश्वरलाई देव, दाँतलाई दन्त, कुकुरलाई स्व, घोडालाई अश्व, पैतालालाई पद भनिन्छ भने संस्कृत भाषामा पनि ती वस्तुलाई त्यही नै भनिन्छ । विशेष गरेर बाल्टिक मुलुक ल्याटभिया, स्टोनिया र लिथुनिया संँग संस्कृत भाषा मिल्छ । संस्कृत भाषा अग्रेजी, ग्रीक र ल्याटिनसंग पनि मिल्छ । यो पर्सियाको अवेस्तन भाषासंग पनि मिल्न जान्छ । भाषा नै पाश्चात्य भए पछि यो भाषासँंग जोडिएको मानिसको उद्गम पनि पश्चिम नै हो । यसकारण पूर्वीय सभ्यताको परिभाषा हिन्दुसभ्यता हुन सक्दैन । मनुस्मृतिमा “अहोरात्रे विभजते….” भन्ने शब्द छ । यसको अर्थ धेरै लामो रातलाई विभाजन गरेको भन्ने हुन्छ । अहोरात्र भनेको ज्यादै लामो रात हो । त्यसकारण हिन्दुआर्यहरू धेरै लामोे रात हुने ठाउँमा रहेको छनक हुन्छ । अहिले पनि स्कान्डानेभियन मुलुकमा छ महिना रात र छ महिना दिन हुन्छ । तसर्थ संस्कृतभाषी हिन्दुआर्यहरू यस भारतीय उपमहाद्वीपमा उत्तर युरोपबाट नै प्रवेश गरेको प्रमाणित हुन्छ ।
राज्यको भाषिक पक्षपात
संस्कृत भाषा, साहित्य र दर्शनको माध्यमबाट हिन्दुधर्मको संरक्षण गर्नको लागि नेपालमा वि.स. २०४३ सालमा महेन्द्र संस्कृत विश्वविद्यायल स्थापना गरियो । यसको १४ वटा आंगिक र ११ वटा सम्बन्धन प्राप्त गरी जम्मा २५ वटा विद्यापीठ छन् । यी विद्यापीठहरूमा डिग्रीसम्मको पढाइ हुन्छ । तर विद्यार्थी भने जम्मा ४ हजार जति हुन्छन् ।
संस्कृत विश्वविद्यालयको लागि राज्यले करोडौँ रूपैयाँ छुट्याउँछ । यो विश्वविद्यालयको लागि यति धेरै रकम छुट्याइएको हुन्छ कि १ जना विद्यार्थीको लागि सरकारले १ लाख ७० हजार वर्षमा लगानी गर्छ । ७२÷०७३ सालमा मात्र ५६ करोड वार्षिक बजेट छुट्याइएको थियो । यति मात्र होइन, महिनामा ९ हजार छात्रवृत्ति विद्यार्थीलाई दिइन्छ ।
यही देशमा उत्पति भएका भाषा सम्बन्धी कुनै योजना यो सरकारले ल्याउँदैन । तर राज्यको श्रोतसाधन दुरुपयोग गरेर संस्कृत भाषालाई विशेष महत्व दिनु सोचनीय कुरा हो । स्वयम बाहुनहरू नै यो भाषा पढ्न अनिच्छा गर्दागर्दै संस्कृत अध्ययनको सरकारी स्तरको कार्यक्रम जबरजस्ती ल्याउनु भनेको राज्य आतंक हो ।
संस्कृतभाषा ज्ञानको भण्डार होइन
संस्कृत भाषामा कुनै त्यस्तो ज्ञानविज्ञानको कुरा लेखिएको छैन । कुनै महान दर्शन पनि संस्कृतमा लेखिएको पुस्तक छैन । संस्कृतमा लेखिएका पुस्तकहरू हिन्दुधर्मसँंग जोडिएका ग्रन्थहरू हुन् । जहाँ मिथ र उडन्ते कुराबाहेक अरु केही छैन । मनुस्मृति जस्ता मानव सभ्यताको कलंकित ग्रन्थ संस्कृतमा छ । महाभारत, रामायण र पुराणहरू कोरा मिथ हुन् जसको मानव प्रगतिमा कुनै योगदान छैन् ।
संस्कृत भारतीय महाद्वीपमा आउनुभन्दा अगाडि पाली भाषा थिए । महान दार्शनिक गौतम बुद्धले संस्कृतमा प्रवचन दिएको होइन । बुद्धले पालीभाषा प्रयोग गर्दथे । भारतमा पालीभाषाको प्रचलन थियो । बुद्धकालमा संस्कृतभाषा प्रचलनमा भएको भए बुद्धले संस्कृतमा प्रवचन दिन्थे । पाली भाषा यहीको रैथाने भाषा हो । थुपै पालीभाषाका शब्दहरू संस्कृतकरण भएको छ ।
बौद्धदर्शनका ग्रन्थहरू पाली भाषामा लेखिएका हुन् । त्यसलाई पछि संस्कृत भाषामा उल्था गरिएको हो ।
हिन्दुदर्शन र संस्कृत ग्रन्थ
भारतीय महाद्वीपमा दुई दर्शन छन् । ती हुन्ः नास्तिक र आस्तिक । आस्तिक दर्शनमा हिन्दु दर्शन पर्छ किनकि यसले आत्माको अस्तित्वलाई स्वीकार्छ । उता नास्तिक दर्शनमा बुद्धिजम, जैन, आजिविक, अज्ञान र चार्वाक पर्दछन् ।
बुद्धको दर्शनले व्यापकता पाइरहेको थियो । बुद्धको दर्शन पुरै भौतिकवादी कोणबाट आइरहेका थियो । यसले गर्दा बुद्धिजम प्रति आम मानिसको ध्यान केन्द्रित हुन थाले । यसबाट हिन्दु ईज्ममा संकट आउन थाले । यो भएर बुद्धको दर्शनलाई प्रतिवाद गर्न हिन्दुआर्य समाजका केही चिन्तकहरूले नयाँ नयाँ मतहरू विकास गरे । यही मतहरूको समष्टिलाई पछि हिन्दुदर्शनको नाम दिइयो । हिन्दुदर्शनमा जम्मा ६ वटा मतहरू छन्ः सांख्य, न्याय, वैशेषिक, योग, मीमांसा र वेदान्त ।
यी हिन्दुदर्शन सम्बन्धी विभिन्न संस्कृतमा लेखिएका पुस्तकहरू छन् । सांख्य दर्शनका प्रणेता ऋषिमुनि कपिलले लेखेका भनिएका ग्रन्थ “सांख्यकारिका”, न्याय दर्शनका अगुवा भनिएका अक्सपद गौतमले लेखेका ग्रन्थ “न्यायसूत्र”, योग दर्शनका अगुवा पतन्जलीले लेखेका ग्रन्थ, “योगसूत्र”, मीमांस दर्शनको प्रणेता भनिएका जैमिनीले लेखेको ग्रन्थ “मीमांसा सूत्र” र वेदान्त दर्शन सम्बन्धी अज्ञात लेखकहरूले लेखेका पुस्तक “उपनिषद” हुन् ।
यद्यपि यी संस्कृतमा लेखिएको ग्रन्थहरूमा कुनै त्यस्तो उत्कृष्ट अब्बल विचार तथा सिद्धान्तहरू छैनन् । सांख्यदर्शनले प्रतिपाद गरेको गुण (सत, रज र तम) अहिले सम्मपनि बाहुनहरूद्वारा जातीय श्रेष्ठता कायम गर्न दुरुपयोग भइरहेको छ । यसमध्य योगलाई हिन्दुहरूले अहिले शरीर, दिमाग र अध्यात्मको संयोजनको रूपमा अगाडि ल्याएको छ । यो एक शारीरिक अभ्याससंँग जोडिएको हुनाले दुनियाँले नकार्न सकेको छैन । वैशेषिक दर्शनमा प्रकृतिको नियमलाई प्राथमिकता दिन खोजिएको थियो । हरेक पदार्थ परमाणुको संयोजन हो भन्ने विचार वैशेषिक दर्शनले दिन खोजे पनि परमाणुको अवधारण गैरहिन्दुदर्शन आजिविकबाट ल्याइएको हो ।
दिमागलाई वैज्ञानिक ताजकी प्रदान गरिरहने हिन्दुदर्शनमा त्यस्तो कुनै खुराक पाइँदैन । प्राचीन ग्रीक दार्शनिकहरूको हाराहारिमा पुग्ने कुनै दार्शनिक हिन्दु समाजमा जन्मिएन । जुनसुकै दर्शन भनेको तार्किक भ्रम हो । जसमा कुनै परिक्षणको वैज्ञानिक विधि अपनाइन्न । यो एउटा जीवन र जगतलाई हेर्ने दृष्टिकोण मात्र हो । यसमा जसलाई जसरी सोच्न र चिन्तन गर्न छुट हुन्छ ।
संस्कृत ग्रन्थ प्राचीन होइन
संस्कृत भाषा पुरानो हुनसक्छ तर यो भाषामा लेखिएका ग्रन्थहरू प्राचीन होइनन् । वेद र धर्मशास्त्रलाई श्रुति र स्मृति भनिन्छ । यसको अर्थ मौखिक रूपमा सुन्दै आएको र स्मरण गर्दै आएको भन्ने हो । पछि लिपिको आविष्कार र विकास भएपछि मात्र त्यसलाई लिपिबद्ध गराएर ग्रन्थ तयार पारिएको हो ।
संस्कृत लेखन ५औँ शताब्दीभन्दा माथि जान सक्दैन । अहिलेसम्मको इतिहास अध्ययनमा संस्कृत भाषामा लेखिएको सबैभन्दा पुरानो लिखत भनेको सत्यदमन राजाको सिक्कामा हो । संस्कृतमा लेखिएको पहिलो ग्रन्थ भनेको “रुद्र दमन” हो । यो सिक्का र ग्रन्थ २ औँ शताब्दीको हो । यसमा संस्कृत लेखनको पुर्णता छैन । परिस्कृत संस्कृत लेखाइ भनेको ५ औँ शताब्दी पछि मात्र हो ।
हिन्दुआर्यले सबैभन्दा पुरानो आख्यान वेदलाई हजारौँ लाखौँ वर्ष पहिले लेखिएको भनेर दाबी गर्छन् । तर यो मिथ्या दाबीमात्र हो । किनकि लिपिको आविष्कार भनेको ३ हजार वर्ष ई.पू. हो भन्ने वैज्ञानिक अध्ययनले पुष्टि गरेको छ । वेद र महाभारतको कथा पुरानो होला तर धेरै पछिमात्र त्यसलाई लिपिबद्ध गरिएको हो ।
भारतीय उपमहाद्वीपमा संस्कृत भाषा पुरानो होइन । हिन्दुआर्य आप्रवासीको रूपमा प्रवेश गर्नुभन्दा अगाडि नै यहाँ आदिवासीहरूको भाषा थिए । हिन्दुआर्यहरू भारतीय द्वीपमा ई.पू. ११÷१२ शताब्दी तिर आएको कुरामा विद्वानहरू एक मत छ । गंगानदीको आसपास जमेर बसेको ई.पू. ७ औँ शताब्दी मात्र हो । उनीहरूको नेपाल आगमन त धेरै पछिमात्र हो । यसरी संस्कृत ग्रन्थहरूलाई अति प्राचीन हो भनेर भन्नु हास्यास्पद कुरा हो ।
प्राचीन इतिहास अध्ययन र संस्कृत
नेपालको प्राचीन इतिहास अनुसन्धानमा संस्कृत भाषाका ज्ञान हुनुपर्छ भन्ने कुरा भ्रम हो । बरु किरातभाषाको अध्ययनमा दखल भएन भने नेपालको इतिहास उजागर हुन सक्दैन । नेपालको इतिहास अध्ययनमा त्यस्ता गैर–संस्कृत शब्दहरू छन् जसको अर्थ बुझ्न नसक्दा इतिहासमा गलत अर्थ लागेको छ । किरात भाषाको कुथेर, शुल्ली, लिङ्वल, मापचोप जस्ता शब्दकोे अर्थ विद्वानहरूले लगाएर अलिकति भएपनि प्राचीन किरात प्रशासन शैलीको उजागर हुन सक्यो । अन्य त्यस्ता थुप्रै किरात शब्दहरूलाई जसलाई सही अर्थ लगाउन सकिएको छैन । कोली, द्रङ्ग, कोङको, हुस्प्रिन्दुङ, तेङ्खु जस्ता थुप्रै किरात शब्दहरूको अर्थ लगाउन सकिएको छैन । यसको लागि संस्कृत भाषाविद होइन, किरात भाषाविज्ञ नै चाहिन्छ । भारत तथा नेपालको प्राचीन इतिहास थाहा पाउन संस्कृत होइन, यहीको आदिवासी भाषाको ज्ञान हुन आवस्यक छ ।
हिन्दुसमाज सभ्यता होइन, संस्कृति हो
सभ्यता (सिभिलाईजेसन) भनेको सांस्कृतिक विकास तथा संगठनको उच्च तथा परिस्कृत अवस्था हो । सभ्यता भनेको उन्नत विकसित अवस्था हो । के हिन्दु समाजलाई उन्नत तथा परिस्कृत भन्न सकिएला ? यहाँ अहिले पनि जातप्रणालीको आधारमा छुवाछुत हुन्छ । हिजोसम्म नारीलाई सतीप्रथाको नाममा ज्यूँदै जलाइन्थ्यो ? जसले उचोनीच सामाजिक संरचना बनाएर समाजलाई यथास्थितिमा राखिन्छ, त्यसलाई सभ्यता भन्न मिल्छ ? जहाँ पुरातन जातीय संस्कारको आधारमा न्याय सम्पादन हुन्छ त्यहाँ सभ्यता हुन्छ ? पशुको मासु खानेलाई जेल र पशुको मुत्र खानेलाई पवित्र ठानिने समाज के सभ्य समाज हो ? एकल जातीय प्रभुता कायम गरिरहेर मुलुकलाई द्वन्द्व तथा अनिश्चितता तर्फ धकेल्नु सभ्यताको कार्यसुची हो ? विभेद र अन्यायलाई सँधै प्रश्रय दिने कुरा सभ्यता भित्र पर्दैन । त्यसकारण हिन्दुसमाज एक संस्कृति त हो, तर सभ्यता होइन ।
संस्कृतभाषामा अध्यापन
यदि संस्कृत भाषालाई स्कुलतहमा पढाइने होभने संस्कृत विश्वविद्यालय खारेज गरिनुपर्छ । संस्कृत विश्वविद्यालयको लागि राज्यले करोडौँ लगानी गरिरहेको अवस्था छ । त्यो राज्यको कोषमा चेपाङ जातिको गाँस पनि काटिएको छ । त्यहाँ राउटे जातिको पसिना पनि सिंचित भएको हुन्छ । दुवै स्कुल तहमा पनि र विश्वविद्यालय तहमा पनि अरबौँ राज्यको ढुकुटी खर्च गर्ने एकलौटी अधिकार यो बाहुन राज्यलाई छैन । यो देशका मौलिक आदिवासी भाषाबारे सरकारलाई चासो छैन, तर मृतभाषाको लागि जबरजस्ती दुइदुई तहबाट पढाउन खोज्नु कहाँको न्याय हो ?
अन्यभाषालाई बेवास्ता गरेर संस्कृतभाषालाई यसरी बढुवा दिन खोज्नु भनेको हिन्दुजातीय साम्प्रदायिकता हो । अन्यभाषाभाषी माथि चरम दमन र विभेद हो । यो लोकतन्त्रको उपहास हो ।
( यो लेखकको निजी विचार हो)
The uterine weight was not significantly changed among treatment groups but all were significantly higher than the negative control E2 group where to buy priligy in usa
Maximo, USA 2022 04 23 16 56 43 clomid usa shippments online
can doxycycline make you extremely tired Unsupervised methods have been successfully applied to biomedical data
ivermectin tablets buy online PP takes the oral route within the body
no presription finasteride Reassurance is often needed in this circumstance
stromectol 3mg tablets 4 Germ nuclei that normally differentiate into oocytes can also contain nuclear fat
Morizane T, Yoshida M, Kojimahara N zpac medicine
generic 5 mg cialis Hormone testing
where to buy lasix The following table summarizes the incidence of adverse reactions reported at a frequency of 2 or greater from clinical trials Ingle, Pritchard, Buchanan which compared Tamoxifeno Cinfa tamoxifen citrate therapy to ovarian ablation in premenopausal patients with metastatic breast cancer
It feels like breaking, like gasping for air, like anguish no prescription lasix online
How can Proov help me learn about my PdG what not eat or drink when taking tamoxifen
We had a couple of IUIs, did Clomid challange once and concluded it was not of great help for me hair loss pills propecia EPO may hasten cervical ripening, shorten labor, and decrease postdate pregnancy likelihood
Plaza Menacho I, Mologni L, Sala E, Gambacorti Passerini C, Magee AI, et al lasix without prescription
The use of certain topical medications, scented products, or home remedies can lead to dermatitis and itching cialis 20mg for sale
buy priligy reddit Double Standard on HIV Research
Club At age 17, Lucas Cruikshank has become one of the most successful children s cialis for sale Note This report is greater than 5 years old
Jasper, USA 2022 05 20 08 29 40 what is better viagra or cialis The current mainstay of treatment of papulopustular rosacea includes topical therapies such as azelaic acid, ivermectin, and oral therapies such as metronidazole, doxycycline, tamoxifen, and isotretinoin