बुधबार २२० जनामा कोरोना संक्रमण पुष्टि

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ३३ पिसीआर परिक्षण गर्दा २ सय ९ जना र १ हजार १ सय ७५ एन्टिजेन परिक्षणबाट गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ५३ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या ८ लाख ११ हजार ५ सय १८ पुगेको छ।यसैगरी सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय ६४ रहेको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ११ हजार ५ सय ९० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।