नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको अधिवेशन स्थगित

दिव्य रोशनी (धरान)/ नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ कोशी प्रदेशको प्रथम अधिवेशन स्थगित भएको छ।
बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचन समितिका संयोजक उत्तमसिंह थाङदेनले जेठ १५ गते धरानको सैनिक भवनमा आयोजित अधिवेशनको उद्घाटन सम्पन्न भए पनि बन्द सत्रमा समन्वयको अभावका कारण स्थगित भएको जानकारी दिए। उनले सर्वसम्मत सहमतिबाट नेतृत्व चुन्ने प्रयास गर्दै गर्दा उम्मेद्धवार र प्रतिनिधिहरु समेत घर फर्किएपछि अधिवेशन स्थगित भएको बताए।


निर्वाचनको लागि ५१ प्रतिशत प्रतिनिधिहरु आवश्यक परेपनि १० प्रतिशत पनि उपस्थिती नभएपछि स्थगित भएको अधिवेशन सञ्चालनको लागि केन्द्रिय महासंघलाई जिम्मा दिएको संयोजक थाम्देनले बताए। उनले केन्द्रिय महासंघको निर्णय अनुसार अब अघि बढ्ने बताए। यसैगरी महासंघका केन्द्रिय सदस्य राम कोङ्ग्रेले सहमतीको प्रयास रहदा रहँदैपनि उम्मेद्धावार सहित प्रतिनिधीहरु घर फर्किएपछि निर्वाचन प्रकृयामा जान नसकिएको बताए। उनका अनुसार महासंघको प्रदेश १ मा ६ सय जना प्रतिनिधीहरु रहेका छन्।