कांगेसको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा दिनेश

धरान/ नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति महासंघ, क्षेत्र नं. १, सुनसरीको सभापतिमा दिनेश राई सर्वसम्मत निर्वाचित भएका छन् । नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा धरानमा भएको महासंघको प्रथम अधिवेशनवाट उनी सर्वसम्मत निर्वाचित भएको हो । उनीसंगै अन्य पदाधिकारी, सदस्य र केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत सर्वसम्मत निर्वाचित भएका छन् । उपसभापतिद्धयमा इन्दु राजधामी र सन्तोष राई, सचिवद्धयमा सरिता मोक्तान र उज्ज्वल हलवाई, सहसचिवद्धयमा रामबहादुर श्रेष्ठ र रिजन तामाङ सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी सदस्यहरुमा गीता श्रेष्ठ, दिपेश राई, रतन गुरुङ, सगुन लिम्वु, पुकार तामाङ, मोहित राई, दिलकुष्ण तामाङ, धनमाया लिम्वु, संगिता सुनुवार लिम्वु र निर्मला राई रहेका छन् । अधिवेशनले सर्वसम्मत रुपमा केन्द्रीय महाधिवेशन प्रतिनिधि समेत निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु तिलकबहादुर सुनुवार, राजदीप लामा, राजकुमार भुजेल, मन्जिल कसजु, रमिना सुब्बा र रमिता श्रेष्ठ रहेका छन् ।
निर्वाचित सबैलाई मतदान अधिकृत इन्द्रमोहन झाले सपथ ग्रहण गराउनुका साथै प्रमाण–पत्र प्रदान गरेका थिए भने प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेसका कोशी प्रदेश महामन्त्री उमेश थापा, पूर्व कोशी प्रदेश प्रमुख डा. गोविन्द सुब्बा र क्षेत्रीय सभापति सुजेन्द्र तामाङले रुद्राक्षको माला र अविर लगाई बधाई तथा शुभकामना दिएका थिए ।
क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले सञ्चालन गरेको अधिवेशनलाई नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापा, पूर्व प्रदेश प्रमुख डा. गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला सभापति तिलकबहादुर सुनुवार लगायतले मन्तव्य राखेका थिए ।
नवनिर्वाति सभापति दिनेश राईले गरिमामय सभापतिको जिम्मेवारी सुम्पिनु भएकोमा नेतृत्व वर्गलाई धन्यवाद ज्ञापन गर्दै आफुप्रतिको विश्वासमा आवाञ्छित आरोप आउने कुनैपनि गतिविधि नगरी पार्टीको आदर्शवाट अविचलित रही समग्र आदिवासी जनजाति समुदायलाई पार्टीसंग जोड्दै समुदायको हकहीतका लागि प्रतिवद्ध भई कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, महासमिति सदस्य जगतबहादुर कार्की, महाधिवेशन प्रतिनिधिद्धय ललिता अधिकारी शर्मा र पुजा धामी, नेपाल दलित संघका कोशी प्रदेश सभापति गोविन्द दर्नाल, जिल्ला सदस्य अनुपमा सुनुवार, क्षेत्रीय सहसचिवद्धय सुमित राई र भोजराज न्यौपाने, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, प्रदेशसभा १(१) का सचिव युवराज शंकर, नेपाल तामाङ संघका केन्द्रीय सदस्य राजदीप लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला सभापति तिलकबहादुर सुनुवार, प्रदेशसभा १(१) सभापति भावना चित्रकार, नेपाल महिला संघका धरान नगर सभापति सुशिला श्रेष्ठ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।