ज्ञानकुञ्जमा महिलाहरुका लागी निःशुल्क स्वास्थ्य शिविर

दिव्य रोशनी(धरान)/ धरान ११ सयपत्री मार्गमा अवस्थित ज्ञानकुञ्ज स्कूलमा एकदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ।
बुधबार विद्यालयमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। स्वास्थ्य शिविरमा महिलामा हुने पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क परीक्षण गरिएको विद्यालयका प्रिन्सिपल अरुण राईले बताए। उनका अनुसार धरान वडा नं ११ न.ं वडा कार्यालयको आयोजनामा भएको स्वास्थ्य शिविरमा ११ न.ं वडा भरिका ३० वर्ष देखि ६० वर्ष उमेर सम्मका ३ सय ४५ जना महिलाहरुको H.p.v./ D.N.A. प्रविधिबाट स्वस्थ परीक्षण गरिएको थियो। (साभारः दिव्य रोशनी साप्ताहिक)