हिरण्य भोजपुरे र करुणा राईलाई भोजपुर प्रतिभा सम्मान

दिव्य रोशनी (धरान)/ भोजपुरका दुई प्रतिभा हिरण्य भोजपुरे र करुणा राईलाई भोजपुर प्रतिभा सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
शनिवार धरान ९ स्थित रत्न ईनमा भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतद्वारा आयोजित कार्यक्रममा हिरण्य भोजपुरे र करुणा राईलाई भोजपुर प्रतिभा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो। भोजपुरेलाई साहित्य लेखन र लोकसंगीतमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको होभने करुणा राईलाई साहित्यको कविता विद्यामा कलम चलाउने नारीको उच्च मूल्यांकन गर्दै उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो।
कार्यक्रममा भोजपुरेलाई नगद १५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो। तथापी उनी बेलायतमै रहेकाले उहाँको सम्मानपत्र परिवारलाई जिम्मा लगाईने आयोजकले जनाएको छ। यसैगरी कवयत्री करुणा राईलाई नगद ३५ हजारका साथमा सम्मान पत्र प्रदान गरिएको थियो। सम्मानितहरुलाई कार्यक्रमका प्रमुख अतिथी साहित्यकार कुन्ता शर्मा, विशिष्ट अतिथि लेखक सरण राई सभाध्यक्ष साहित्यकार नरेश काङमाङ राई लगायतले खदा लगाई सम्मानपत्र, नगद प्रदान गरि सम्मन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी साहित्यकार कुन्ता शर्माले सम्मानित हुनुहुने हिरण्य भोजपुरे र कवयत्री करुणा राईलाई हार्दिक बधाई समेत दिए। उनले अहिले साहित्यिक कार्यक्रमहरुमा आफ्ना कविता वाचन गरेर अरूको नसुनी निस्केर हिँडेको देख्दा बडो दुःख लागेको बताए। त्यसैगरी विशिष्ट अतिथि सरण राईले सम्मानित भोजपुरे दाजु अहिले अमेरिका रहे पनि त्यो बेला उहाँले नेपाली लोकसंगीत र साहित्य लेखनमा पुर्याउनु भएको योगदानको बखान जतिगरेपनी अपुरो हुन्छ भन्दै भोजपुरेको एउटा लोक गीत गाएका थिए। उनले भोजपुरे गीत “ए है आज भेडा बाख्रा कता लाने खरबारी डाँडा यता ल्याउन, बोको भाग्छ काटी खाउ न माया लाग्छ बरी लै लै” बोलको गीत गुनगुनाएका थिए। त्यसैगरी उहाँले कवि करुणा राईलाई साहित्यमा अझ सशक्त कलम चलाउन प्रेरित गरेका थिए। कार्यक्रममा कवि करुणा राईको साहित्यिक यात्राको बारेमा कवि सुदिप पाख्रिनले प्रकाश पारेका थिए।
साहित्यकार अजम्बर काङमाङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई कलरब धरानले संयोजन गरेको थियोभने नेपाल राजकीय प्रज्ञााप्रतिष्ठानका पूर्व सदस्य तथा लेखक शशी लुलुम्बुले संचालन गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यकार, लेखक, सञ्चारकर्मी, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।(दिव्य रोशनी साप्ताहिकबाट)