पानबारी सतवार्षिक महोत्सव २०८० ः भलिबल प्रतियोगितामा दमक विजयीे

दिव्य रोशनी(धरान)/ पानबारी शतवार्षिक उत्सवको अवसरमा आयोजित ‘छैठौ पानवारी भलिवल कप २०८० को दोश्रो दिनको जारी खेलमा कोशी प्रदेश भलिवल ट्रेनिङ सेन्टर दमक विजयी बनेको छ।
सयपत्री व्याइज युनियन क्लबको आयोजना र ६ नम्बर वडा कार्यालयको संयोजनमा भएको आईतवारको खेलमा कोशी प्रदेश भलिवल ट्रेनिङ सेन्टर दमकले सतिसाले स्पोटिङ क्लब मोरंग लाई ३–२ सेट अन्तरले हराउदै विजयी बनेको हो। आयोजक क्लबका महासचिव केदार वस्नेतले दिएको जानकारी अनुसार खेलको पहिलो सेटमा दमकले २५–२३ गोल अन्तरले अग्रता लिएको थियो भने दोश्रो सेटमा १८–२५ गोल अन्तरले अग्रता गुमाएको थियो । त्यसैगरी खेलको तेश्रो सेटमा भने पुनः २५–८ गोलको अन्तरले दमकले अग्रता लिएर चौथो सेटमा पनि १९–२५ को अन्तरले अग्रता गुमाएको थियो । अन्तिम सेटको खेलमा भने १५–१३ गोल अन्तरले दमकले विजयी बनेको थियो।
खेलको म्यान अफ द म्याच सतिसाले स्र्पोटिङ क्लब मोरङका उमेश राई घोषित भए । उनले नगद २ हजार पाँच सय रुपैयाँले पुरस्कृत भए।भोली(सोमबार) को खेल बेलबारी नगरपालिका र कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टर रानी,मोरङ बीच हुने क्लबका महासचिव वस्नेतले जानकारी दिए । प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार पुरस्कार दिइनेछ भने अन्य व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार पाउनेछन्।
। शतवार्षिकको अवसरमा शनिबारदेखि धरान ६ पानवारीमा महोत्सव पनि जारी रहेको छ । महोत्सव संयोजक राजेन्द्र न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुने छ। महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, कोलम्बस जस्ता मनोरञ्जनका बाल उद्यानहरु पनि संचालनमा रहेका छन्भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ। आज आईतवार साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ। महोत्सवमा पानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ।