माझी समुदायको कोशी(लदी) पुजा पर्वमा कांग्रेसको सांंस्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान कार्यक्रम

नेपाली कांग्रेसले अल्पसंख्यक माझी समुदायको पर्व कोशी (लदी) पुजाको अवसरमा सांस्कृतिक कार्यक्रम सहितको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १, सुनसरीले क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङको अध्यक्षतामा सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित कालाबन्जारमा कार्यक्रम गरेको हो । कार्यक्रममा परम्परागत जातिय भेषभुषा सहित माझी समुदायको जातिय संस्था नेपाल माझी उत्थान संघका नेता र माझी समुसदायको उपस्थिती रहेको थियो।कार्यक्रममा माझी जातिको विविध मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै माझी जातिका परिकार समेत खुवाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रदेश महामन्त्री उमेश थापाले क्षेत्रीय समितिले उदाहरणीय कार्य गरेको बताए । साथै उनले माझी समुदायको महान पर्वको अवसरमा पनि राज्यले बिदा दिनुपर्ने बताउँदै विदाका लागि प्रदेश सरकारसंँग पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङले नेपाली कांग्रेस पार्टी देश जस्तै बहुभाषिक, बहुधार्मिक, बहुसांंस्कृतिक र बहुजातिय भएको बताए । साथै उनले सबै जातजाति, भाषाभाषी र धर्मावलम्वीहरुको महान पर्वका अवसरमा दशैं, तिहार, छठ, नेपाल सम्वत् र तीजमा विविध कार्यक्रम गरी मनाउने परम्परा शुरुवात गरिएको बताउँदै यसवाट समाजमा सद्भाव, सहिष्णुता, एकता र एकअर्काप्रतिको सम्मानमा वृद्धि भएको बताए ।


कांग्रेसका प्रदेशसभा १(२) का सभापति तथा धरान १६ का वडाध्यक्ष मुरारीभट्टराईले भेषभुषा र सांस्कृतिक नृत्य सहित माझी समुदायको सहभागिताले कार्यक्रमको गरिमा बढेको बताउँदै शुभकामना सहित धन्यवाद व्यक्त गरे ।कांग्रेस नेता किशोर राईले क्षेत्रीय समितिले माझी समुदायको पर्व मनाउने मात्र नभएर समुदायको स्तरोन्नति गर्ने खालका कार्यक्रम र योजनाहरु समेत गरिनुपर्ने बताए । त्यस्तै कांग्रेस नेता तथा अधिवक्ता बुद्धि कटवालले शुभकामना व्यक्त गर्दै माझी समुदायका जनताका लागि निःशुल्क कानुनी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै महाधिवेशन प्रतिनिधि पुजा धामीले माझी महिलाहरु पनि सामाजिकराजनीतिक क्षेत्रमा अघि बढ्नुपर्ने बताईन् ।
बराहक्षेत्र नगरपालिका वडा नं. ५ का वडाध्यक्ष तथा कांग्रेसका प्रदेशसभा १(२) का सह–सचिव रोहित काप्mलेले कार्यक्रमले कांग्रेस सबै जाति र धर्म समुदायको पार्टी भएको सन्देश दिन सकेको बताउँदै शुुभकामना व्यक्त गरे । नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य गुुन्जमान माझीले माझी समुदाय राज्यको सेवा सुविधावाट वञ्चित हुँंदै आएको बताउँदै माझी जातिको महान पर्व कोशी (लदी) पुजालाई हालसम्म मान्यता समेत नदिएको र बिदा समेत नदिएको गुनासो व्यक्त गरे । संघकै सुनसरी जिल्ला अध्यक्ष घनश्याम माझीले पनि १८ वर्षदेखि बिदाका लागि आवाज उठाएको भएपनि हालसम्म सुनुवाई नभएकोमा दुःःख व्यक्त गर्दै फागुन महिनाको तेस्रो हप्ता मंगलवार पर्ने माझी जातिको महान पर्व कोशी पुजाको अवसरमा राज्यले बिदा दिनुपर्ने बताए ।साथै उनले यसका लागि पहल गरिदिन आग्रह गरे । उनले नेपाली कांग्रेस जस्तो देश कै ठुलो पार्टीले आप्mनो चाँडका अवसरमा कार्यक्रम राखी माझी समुदायलाई समेत निम्तो गरेर भव्य र सभ्य कार्यक्रम गरि माझी समुदायको सम्मान गरेकोमा नेपाल माझी उत्थान संघको तर्फवाट धन्यवाद र आभार समेत प्रकट गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सह–सचिव गणेश सुब्बा, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका रामधुनी सभापति दिलबहादुर राई, क्षेत्रीय सदस्यहरु सन्ध्या श्रेष्ठ, लोकमणि शर्मा, प्रदिप राई, गोपाल कार्की, श्याम सुब्बा, कमला श्रेष्ठ, तिलकबहादुर कार्की, कृष्ण कार्की, क्षेत्रीय सल्लाहकारहरु रामराज महत, निर्मला गुरुङ, युवा नेता सुरेन्द्र राई, प्रदेशसभा १(१) उपसभापति भुमादेवि राई, कोषाध्यक्ष रविना सुब्बा गुरुङ, धरान नगर कोषाध्यक्ष पञ्चकला राई, पूर्व क्षेत्रीय कोषाध्यक्ष तथा नेविसंघ पूर्व केन्द्रीय सदस्य सागर प्रसाई, वडा सभापतिहरु ईश्वर थापा, नुतन धामी, दिलबहादुर पौडेल, प्रदेश सम्मेलन सदस्य जानकी चौधरी, सरिता चौधरी, रामधुनी ६ का उपसभापति निर्मला चौधरी, वडा सदस्य शोभा विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो भने नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य सरोज माझी, बराहक्षेत्र नगर अध्यक्ष गणेश माझी, पूर्व धरान नगर अध्यक्ष जयबहादर माझी लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसले यस अघि जितिया, क्रिसमस, उधौली, चासोक तङ्नाम, साकेला, साकेवा, भुजेली पर्व, माघी, सार ल्हेस, सोनाम ल्होछार, ग्याल्पो लोसार र ज्यालो लोसारका अवसरमा विविध सांंस्कृतिक कार्यक्रम शुकामना आदान–प्रदान र चियापान कार्यक्रम राखिसकेको छ ।
कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले गरेका थिए ।