धरान एक्स्पोमा आज ‘द इलिमेन्ट्स’ को धमोदार प्रस्तुति रहने

दिव्य रोशनी (धरान)/सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा सञ्चालित धरान एक्स्पो २०८० को आज चौथो दिन म्युजिकल ब्याण्ड ‘द इलिमेन्ट्स’ को धमाकेदार प्रस्तुत िरहने छ ।

सन् २०२१ मा तीन जना मिलेर सुरु भएको द इलिमेन्ट्स नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा नै दर्शकहरुले मन पराएको ब्यान्ड हो । इशान राज वोन्त, दिपेश गुरुङ र रौनकसिंह अधिकारी सम्मिलित ‘द इलिमेन्ट्स’ले हालसम्म बजारमा सात वटा एल्बम ल्याइसकेको छ ।

नेपाली इन्डीरअल्टरनेट जर्नको साङ्गीतिक प्रस्तुति दिने इलिमेन्ट्सका ‘बिर्सिने हौ कि’, ‘पुतली’, ‘सीमाना’, ‘उर्जा’, ‘खोज’, ‘अपरिचित’ लगायतका गीत चर्चित छन् ।

‘द इलिमेन्ट्स’ मुख्य आकर्षण रहने एक्स्पोमा बेलुका ६ बजेबाट साङ्गीतिक कार्यक्रम सुरु हुने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिंदै इलिमेन्ट्सलाई स्थानीय कलाकारले समेत साथ दिने बताए ।