लायन्स विजयपुर द्धारा पुण्य प्याकुरेललाई किचन हस्तान्तरण

लायन्स क्लव अफ धरान विजयपुरले धरान १५ महादेव चौक निवासी स्पाइनल कर्ड इन्जुरी भएर थलिएका पुण्य प्याकुरेललाई किचन हल निर्माण गरि हस्तान्तरण गरेको छ ।

क्लवले एक लाख दश हजार रुपैया लागतमा निमार्ण गरि मंगलवार पुण्यको घरमा नै किचन हल हस्तान्तरण कार्यक्रमको आयोजना गरि पुण्यका परिवारलाई हस्तान्तरण गरेका थिए । लायन्स विजयपुरका पुर्व अध्यक्ष एलसिआइएफ लायन्स रेखा गुरुङले पुण्य प्याकुरेलको अवस्थाको विषयमा जानकारी गराए पछि क्लवले किचन निर्माण योजना वनाएको लायन्स विजयपुरका अध्यक्ष उमा ताम्रकारले जानकारी गराए । पुण्य प्याकुरेल करिव ९ वर्ष अघि मजदुरी गरेर घर फर्किन्दा दुर्घटनामा परेका थिए । उनको छातिको भाग देखि मुनि प्यारालाइसिस भएका छन । यस अघि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र धरानका पत्रकारहरुले तिहारमा देउसी खेलेल पुण्य प्याकुरेल घर निर्माण अभियान चलाई उनको घर वनाइदिएका थिए । पुण्यको परिवारमा श्रीमती, एक छोरा र एक छोरि छन । अर्थिक अवस्था कमजोर रहेका पुण्यको परिवारका लागि लायन्स क्लव अफ धरान विजयपुर नियमित रुपमा औषधि, खाद्यन्न, वालवच्चाका लागि आवश्यक शैक्षिक सामग्री लगायत उपलव्ध गराउदै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा डिस्ट्रिक गर्भनर शिवहरी शर्मा, भाइस गर्भनर विकास अधिकारी, आइपिडिजि धिरज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।