गजल

दुई दिनको यो जिन्दगीमा, बाँचिदिनु पर्ने अरे
नदेखेका ती सपनाहरु, देखिदिनु पर्ने अरे ।।

अलिकति पीडा हुँदा, रोईदिने यो मन
तिमी हाँस्दा दिल खोलेर, हाँसिदिनु पर्ने अरे ।।

अन्धकार छ रात अनि, यो मदिराको नशामा
छोडी जाने प्रियसीलाई, सम्झिदिनु पर्ने अरे ।।

बेमतलबी छ यो दुनियाँ, मतलबी छ यो मन
पुरा नहुने चाहनाहरु साथी, चाहिदिनु पर्ने अरे ।।

म को हुँ किन छु, र किन छ यो जिन्दगी
नबुझिने यो जिन्दगीलाई, बुझिदिनु पर्ने अरे ।।

यो जिन्दगी त छ, तर के छ यो जिन्दगीमा
सोच्दा सोच्दै खै कतिखेर, मरिदिनु पर्ने अरे ।।

(धरान उपमहानगरपालिका, धरान १४ विजयपुर) दिव्य रोशनी साप्ताहिकबाट

2 thoughts on “गजल

टिप्पणीहरू are closed.