ज्ञापन पत्र पेश गर्दै धर्नामा शिक्षक

मोहन कुमार राई/
संखुवासभा,
संघिय शिक्षा ऐनको मस्यौदा विरुद्ध नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्धारा घोषित चरणवद्ध आन्दोलनको पहिलो दिन आज आईतवार देशभरका ७५३ वटै पालिकामा धर्ना दिने कार्यक्रम तय भए वमोजिम संखुवासभाका १० वटै पालिकामा धर्ना कार्यक्रमका साथ ज्ञापन पत्र पेश गर्दै शिक्षकहरु धर्नामा वसेका छन्।
राज्यले शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरु, विद्यालय कर्मचारी, वालशिक्षिका लगायतका पेशाकर्मीहरुलाई उपेक्षा गरेको भन्दै पटक पटक शिक्षाकर्मीहरु आन्दोलनमा होमिए पछि नेपाल शिक्षक महासंघ र नेपाल सरकार संग भएका पेशागत हकहितका सम्झौता बमोजिम शिक्षा ऐनको मस्यौदामा नसमेटिएको भन्दै शिक्षकका पेशागत सँगठनका शिक्षक पेशाकर्मीहरुले शिक्षकहरुको पेशागत हकहितको पक्षमा ऐनमा समेटन ज्ञापन पत्रमा भनिएको छ।
ज्ञापनपत्रमा निजामती कर्मचारीहरुको दाँजोमा शिक्षकलाई विभेद गरिएको भन्दै निजामती कर्मचारी सरहको सबै प्रकारका सेवासुविधा उपलब्ध गराउन भनिएको छ। अस्थायी, करार, राहत शिक्षकहरुलाई दरबन्दीमा आन्तरीक प्रतिस्पर्धाका माध्यमबाट स्थयी गरिनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। विद्यालय कर्मचारीहरु, कार्यालय सहयोगि, बालशिक्षिका, विद्यालय सहायक लगायत शिक्षकहरुको न्युनतम वेतन उपलब्ध गराई पेशागत सुनिश्चितता गर्न समेत शिक्षा ऐनमा समेटन आग्रह गरिएको छ ।
आइतबार संखुवासभाको चैनपुर नगरपालिकामा शिक्षक महासंघका केन्द्रीय सचिव सूर्य बहादुर दाहालले शिक्षकका हक हितमा शिक्षा ऐन नआई नेपाली शिक्षकले आफनो पेशागत सुनिश्चितताको लागि जस्तो सुकै आन्दोलन गर्न पनि पछि नहटने बताउदै नेपाल शिक्षक कार्यक्रमलाई सफल वनाउन नेपाली शिक्षकहरुलाई आग्रह गर्नुभयो।
आजै खाँदवारी नगरपालिका को धर्ना तथा घेराउ कार्यक्रममा शिक्षक महासंघका जिल्ला अध्यक्ष शेरबहादुर पुरी लगायत शिक्षक नेताहरुले नगर प्रमुख महेश थपलिया मार्फत ज्ञापन पत्र बुझाए । यसै गरी संखुवासभाको सिलिचुङ्ग गाउपालिका, ताम्कु, पाचखपन नगरपालिका वना, धर्मदेवी नगरपालिका मुढेबजार, मादी नगरपालिका मादीओखरबोटे, खाँदवारी नगरपालिका खाँदवारी, सभापोखरी गाउँपालका बाह्रविसे, मकालु गाउँपालकाको कार्यालय नुम, भोटखोला गाउँपालिको कार्यालय हटिया लगायत जिल्लाको सबै पालिकाहरुमा शिक्षक नेताहरुको आफ्नो उपस्थितिमा धर्नाकासाथ ज्ञापनपत्र दिने कार्य सम्पन्न गरिएको नेपाल शिक्षक संघका उपाध्यक्ष खगेश्वर घिमिरेले बताए । यसै गरी घोषित कार्यक्रम अनुसार श्रावण ३० गते शिक्षा विकास तथा समन्वय इकाई कार्यालय धर्ना, घेराउ तथा ज्ञापन पत्र वुझाउने , श्रावण ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना, घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रमको आयोजना गरिने नेपाल शिक्षक संघ कोशी प्रदेश उपमहासचिव पदम बहादुर अधिकारीले बताए।

One thought on “ज्ञापन पत्र पेश गर्दै धर्नामा शिक्षक

टिप्पणीहरू are closed.