क्यान्सर पीडित कमलाको उपचार खर्चमा सहयोगको याचना

दिव्य रोशनी(धरान)÷सुनसरीको बराहक्षेत्र १ बगुवा स्थित क्यान्सर पीडित ३७ वर्षिया कमला विकले जिवन रक्षाको लागी याचना गरेकी छिन्।
३७ वर्षकै उमेरमा क्यान्सर रोग लागेपछि अहिले कमला विभिन्न दयालु दाताहरुसंँग उपचारखर्चका लागी भौतारिरहेकि छिन्। गत चैत्रमा धरानको विपी प्रतिष्ठानमा चेक जाँच गर्नेक्रममा क्यान्सर भएको पत्ता लागेको थियो। नुहाउनेक्रममा ब्रेष्टमा सानो मकैको दाना जत्रो गिर्खा देखिएपछि उनले विपीमा जाँच गराएका थिए।
क्यान्सर पीडितलाई सरकारले दिने १ लाखसम्मको उपचार खर्चबाट ब्रेष्टको अप्रेसन गरी गिर्खा हटाएपनि थप उपचारका लागी किमो चढाउन आर्थिक अभाव भएको छ। उनले डक्टरले निको हुने तर उपचार खर्च महंगो भएको बताउँदै ६ लाख उपचार खर्च लाग्ने बताए। चिकित्सकका अनुसार अब १७ वटा किमो चढाउनुपर्ने अवस्था आएको छ। जसमा प्रति किमो ३० देखी ३५ हजारसम्म लाग्ने भएकाले ६ लाख उपचार खर्च लाग्ने छ। “मलाई बाँच्न मन छ, बुवाआमा कोही पनि हुनुहुन्न, मलाई बचाउनुस्।” क्यान्सर पीडित कमलाले भनिन्। नगरपालिकाले चन्दा संकलन गर्न सिफारिस दिएपनि अभियान चलाएर हिड्न सिडओले नदिने भएकाले उपचारखर्च संकलन गर्न गाह्रो भएको पीडा सुनाईन्। कसैले सहयोग गर्न चाहेमा ९८०५३७२७६४ मा सम्पर्क गर्नपनि आग्रह गरिन्।
क्यान्सर पीडित कमलाका दिदी मिना विश्वकर्माले बहिनीको उचारमा सहयोग पुर्याउन सम्पूर्ण सहयोगी दाताहरुसंग अनुरोध गरे। उनले आमा पनि ६ वर्षअघि क्यान्सरबाटै मृत्यु भएको बताउँदै बहिनीलाई पनि क्यान्सर भएकाले सबैले सकेको सहयोग गर्न अनुरोध गरिन्।(दिव्य रोशनी साप्ताहिकबाट)