२४ औं गोधुली फुटबल रनिङ कपः धरान ८ र १७ विजयी (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप अन्तर्गत आज बुधवार भएको दुई खेलमा धरान ८ र धरान १७ नं वडा विजयी बनेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा धरान ८ ले ४ नं वडालाई ० का विरुद्ध २ गोल गर्दै जित हात/पारेको हो। खेलमा धरान ८ का सविन राना मगर र निर्जन लिम्बुले १/१ गोल गरेका थिए। प्रतियोगिताको म्यान अफ दि म्याच धरान ८ का सविन राना मगर घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।
यसैगरी आजै भएको दोस्रो खेलमा धरान १७ ले धरान २० नं वडालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा धरान १७ का टिम क्यापटेन मिलन राईले व्यक्तिगत २ गोल गरेका थिए। उनले पहिलो हाफको ९ औं र दोस्रो हाफको ५३ औं मिनेटमा गोल गरेका थिए। यसैगरी सविन राईले ३८ औं मिनेटमा र रोशन मंग्रातीले ७४ औं मिनेटमा १/१ गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच धरान १७ का मिलन राई घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे। प्रतियोगिता अन्तर्गत भोली विहिवारको पहिलो क्वाटर फाईनल खेल धरान ५ र १९ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।
माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५÷२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।