सुमेधा वक्तृत्वकला प्रतियोगीतामा सम्पन्न सुवेदी प्रथम

दिव्य रोशनी(धरान)/ र्याडिकल लाईट नेपाल प्रा.लि. धरानले आयोजना गरेको धरान उप–महानगरव्यापी अन्तर प्लस टु स्तरीय सुमेधा वक्तृत्वकला प्रतियोगितामा धरान मेघा हिमालयनका सम्पन्न सुवेदी प्रथम भएका छन्।
प्रथम भएसंगै सुवेदीले नगद १० हजार संगै प्रमाणपत्र पाएका छन्भने प्रतियोगितामा यु.एन. नबोदयकी स्नेहा निरौला दोश्रो भएकी छिन्भने ज्ञानोदय मा.बि. कि अनिशा कार्की तेश्रो भईन्। उनिहरुलेपनि क्रमशः ५ हजार, ३ हजार र प्रमाणपत्र प्राप्त गरे। यसैगरी शारदा बालिका नमुना मा.बि. कि अनुस्का राई र यु. एन. नबोदयकै शितल अधिकारी क्रमशः चौथो र पाचौ भईन्। उनिहरुलेपनि नगद १/१ हजार सहित प्रमाणपत्र प्राप्त गरे। बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेस सभाका सांसद रमेश कुमार बस्नेत, धरान–१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले,सुमेधा एजुकेसन नेट्वर्क प्रा. लि. का प्रबन्ध निर्देशक सुरेन्द्र घिमिरे, हार्ट एफ.एम.का अध्यक्ष मेहरमान ह्युज लगायतले नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरे।
धरान– १३ स्थित वडा कार्यालय परिसरमा रहेको वडा बाल सन्जालको हलमा भएको कार्यक्रममा धरान १३ का वडा अध्यक्ष काफ्ले, धरान १४का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, यु.एन. नबोदय कलेजका अध्यापक राम लिम्बू लगायतले मन्तब्य राखे। कार्यक्रममा एम्स एकेडेमिका कोअर्डिनेटर दुर्गा सुवेदी, पारामाउन्ट इन्टरनेशनलका प्रबन्ध निर्देशक भिम लिङ्थेप लगायतको उपस्थिति थियो। सहभागिहरुले “सहिदका सपना र युवाको दायित्व, सहिदका सपना र राजनीतिक नेतृत्व र लागू औषध दुब्र्यसनः चुनौती र समाधानका उपाय” गरि तीन वटा शिर्षकमा बोलेका थिए।
प्रतियोगीताको निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश बिद्रोही र सहिद मा.बि. धरानका शिक्षक टंक भट्टराई रहेका थिए।
बिद्यार्थीहरुको आत्माविश्वासमा वृद्धिगरि नेतृत्व र ब्यक्तित्व बिकास गराउने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको प्रा.लि.का अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए। कार्यक्रम प्रा.लि. का निर्देशक हिमाल कार्कीको अध्यक्षतामा भएको थियो। गत माघ ६ गते भएको पहिलो चरणको प्रतियोगितामा धरान भरिका १९ वटा प्लस टु का २९ जना बिद्यार्थीहरुले सहभागिता जनाएका थिए। प्रतियोगितामा पहिलो र दोस्रो चरण गरी फाईनलमा १० जना प्रतियोगिहरुले प्रतिस्पर्धा गरेका थिए।