२४ औं गोधुली फुटबल रनिङ कपः धरान ६ र १३ विजयी, दुई खेलाडीले लिए सन्यास (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ २४ औं गोधुली फुटबल रनिङ कप अन्तर्गत आज मंगलवार भएको दुई खेलमा धरान ६ र धरान १३ नं वडा विजयी बनेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा धरान ६ नं वडाले १६ नं वडालाई ० का विरुद्ध १ गोल गर्दै जित हात पारेको हो। खेलमा धरान ६ नं वडाका अर्जुन लिम्बुले गोल गरेका थिए। उनी प्रतियोगिताको म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।
यसैगरी आजै भएको दोस्रो खेलमा धरान १३ ले धरान ९ नं वडालाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा धरान १३ का सुशान्त राई, विवेक राई र दोर्जे तामाङले २/२ गोल गरेका थिएभने निश्चल श्रेष्ठले १ गोल गरेका थिए। यसैगरी धरान ९ को तर्फबाट १ मात्र गोल नितेष खड्गीले गरेका थिए।
खेलको म्यान अफ दि म्याच धरान १३ का निश्चल श्रेष्ठ घोषित भए। उनले नगद १५ सय सहित मेडल प्राप्त गरे।


प्रतियोगिताको मध्यन्तरमा धरान १३ का खोलाडीद्धय खगेन्द्र खड्का र कमल गिरीको बिदाई समेत गरिएको थियो। बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता समेत खेलिसकेका उनिहरुले सोही अवसरमा खेल जिवनबाट सन्यास लिएका थिए। उनीहरुलाई धरान १३ का वडाअध्यक्ष नेत्र प्रसाद काफ्ले लगायतले सम्मानपत्रले सम्मान गरेका थिए।

प्रतियोगिता अन्तर्गत भोली बुधवार पनि दुई खेल हुनेछन्। जसअन्तर्गत पहिलो खेल धरान ४ र ८ नं वडाका बिच हुनेछ भने दोस्रो खेल धरान २० र १७ नं वडाका बिच हुने प्रतियोगिताका म्याच कमिस्नर ईन्द्र थापा मगरले जानकारी दिए।


माघ २७ गतेसम्म संचालन हुने प्रतियोगितामा धरानका १८ वटा वडाको मात्र सहभागिता रहेको छ। प्रतियोगितामा बिजेताले नगद १ लाख ५० हजार रुपैया सहित रनिङ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन्भने उपबिजेताले नगद ७५ हजार रुपैयासहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन। पुरस्कार राशिमा धरान १८ का वडाध्यक्ष प्रबिण राईका पिता ध्यान बहादुर राईले बिजेता र उपबिजेतालाई थप २५/२५ हजार प्रदान गर्ने क्लबले जनाएको छ।
यस्तै बिधागत पुरस्कार तर्फ बेस्ट प्लेयरले नगद १५ हजार, हाइस्कोरले ७ हजार ५ सय प्राप्त गर्नेछन्भने बेस्ट डिफेन्डर, बेस्ट गोलकिपर, बेस्ट कोच, बेस्ट स्टाइकर, राइजिङ प्लेयर, बेस्ट मिड फिल्डर र म्यान अफ दि म्याचले जनही ५ हजार ५ सय प्राप्त गर्ने आयोजक गोधुली क्लवका उपाध्यक्ष सतिस केसीले बताए।