सूर्य नेपाल इस्टर्न ओपन गल्फः प्रो–एमको उपाधि शुक्रको टोलीलाई (भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरान स्थित पार–७० धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न सूर्य नेपाल इस्टर्न ओपन प्रो–एमको उपाधि प्रो शुक्रबहादुर राईको टोलीले जितेको छ ।
प्रो शुक्रबहादुर राईले एमेच्योर काजी ताप्मादेन, कर्णबहादुर थापा र कवि थापासँग मिलेर १७१ अंक जोड्दै ट्रफी जितेका थिए । प्रो शुक्रले ४०, एमेच्योर काजीले ४७, कर्णले ४३ र काबीले ४१ अंक हात पारे ।
यसैगरी प्रो सविन सापकोटा (३७) र एमेच्योर अर्जुन सुनवर (३९), एसपी भीम दाहाल (३९) र गजेन्द्र लिम्बु (३८) को टोलीले जम्मा १५३ अंक जोडेको छ । जबकि प्रो सञ्जय लामा (३७) र एमेच्योर सुयश प्याकुरेल (३८), भरत तामाङ (३८) र रविन राई (३८)ले १५१ अंक जोडेर तेस्रो भए ।
त्यस्तै उत्कृष्ट महिला स्कोरको अवार्ड सुमित्रा लिम्बुले ३८ अंकसहित हात पारिन् । बद्री राईले सबैभन्दा लामो ड्राइभ र राजेश राईले सबैभन्दा नजिकको पिन अवार्ड पाए।
स्टेबलफोर्ड फुल ह्यान्डिक्याप ढाँचामा खेलिएको प्रो–एम इभेन्टमा १४ खेलाडीसहित ६७ खेलाडीले भाग लिएका थिए। शीर्ष प्रो स्कोरर विजेता टोलीका लागि शीर्ष तीन एमेच्योरहरूसँग स्वचालित रूपमा टोली बनाइयो। त्यसैगरी चौथो, पाँचौं र छैटौं एमेच्योर स्कोररलाई उपविजेता टोलीको लागि दोस्रो उत्कृष्ट व्यावसायिक स्कोरर र सातौं, आठौं र नवौं स्थानमा रहेका एमेच्योरहरूलाई दोस्रो रनरअप टोलीको लागि तेस्रो उत्कृष्ट व्यावसायिक स्कोररसँग जोडिएको थियो।
ब्रान्ड म्यानेजर सूर्य नेपाल प्रा. लि.का विदुरराज अधिकारी, पिजीएएनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, सशस्त्र प्रहरी बलका पूर्वआइजीपी शैलेन्द्र श्रेष्ठ, धरान गल्फ क्लबका कार्यकारी समिति सदस्य जगमोहन राईले विजेतालाई पुरस्कार प्रदान गरेका थिए।
Pingback: Buy polkadot chocolate bars usa
Pingback: หวยนาคา
Pingback: Best Thai Houston
Pingback: clothing manufacturer
Pingback: เด็กเอ็น