सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी र छाता बिच ७७४ मतको फरक

दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रतिनिधीसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङ र जसपाको चुनाव चिन्ह छाता(अशोक राई) बिच ७७४ को मतान्तर रहेको छ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार शनिवार साँझ ७ः०० बजेसम्म प्रतिनिधीसभातर्फको ५५ हजार ३ सय ५१ मत गणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टी(घण्टी) का सरिन (गोमा)तामाङले ११४५३ मत ल्याएकि छिन्भने जसपाको चुनाव चिन्ह छाता(अशोक राई) ले १०६७९ मत ल्याएर पछ्याउदैंछन्। यसैगरी नेकपा माओवादीको चुनाव चिन्ह हसिया हथौडा (मुक्साहाङ मेन्याङवो)ले ८६११ मत पाएका छन्।
यसैगरी खरायो(मनोज मेन्याङवो)ले ६४४२ मत प्राप्त गरेको छभने राप्रपाको चुनाव चिन्ह हलोले ५३५८, लाउड स्पीकरले १९२, ढाका टोपीले १३८, कुखुराको भालेले १३२, दाप सहितको खुकुरीले ५७२, पाँचकुने ताराले १९२, पानीको फिल्टरले १५१, घन्टाघर(कुमार कार्की)ले १५४९, क्रस खुकुरीले २२६, चापाकलले ९८, तिलहरी ३८, पानीको जारले ३६०२, सुर्यमुखी फुलले १५८२, पुतली ४५, छत्रेटोपी ११५ र सेलरोटीले ३३४ मत ल्याएका छन्।

9 thoughts on “सुनसरी १ मा प्रतिनिधीसभातर्फ घण्टी र छाता बिच ७७४ मतको फरक

टिप्पणीहरू are closed.