सुनसरी १ प्रदेशसभा १(ख) एमालेलाई ११२५ को अग्रता

दिव्य रोशनी (धरान)/ सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(ख) मा एमालेका विजय राईले ११२५ मतको अग्रतालाई कायम राखेका छन्।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार धरानको सभागृहमा शनिवार साँझ ५ः१५ बजे सम्म प्रदेशसभा १ (ख) तर्फ १५ हजार ७ सय १ मत गणना हुदा नेकपा एमालेका विजय राईले ४४८४ मत पाएका छन्भने राप्रपा (हलो)का अनिश ढकालले ३३५९ मत ल्याएर पछ्याईरहेका छन्। यसैगरी दाप सहितको खुकुरीले ५०४, एकिकृत समाजवादी पार्टी(कलम) २१४७, ढकिया २३, ढाका टोपीले २६७, विजुलीको चिम १९६, पानीको धाराले ३४९, फुटबल खेलाडीले २३, सारंगीले १८, क्यालकुलेटर १४२२,केराको काईयोले २७ र ललाटिनले २१९७ मत पाएको छ।

7 thoughts on “सुनसरी १ प्रदेशसभा १(ख) एमालेलाई ११२५ को अग्रता

टिप्पणीहरू are closed.