भिन्टेज क्याफेमा आज बुधबार अस्मिताको कन्सर्ट हुँदै
दिव्य रोशनी(धरान)/ चर्चित गायिका अस्मिता अधिकारीले आज बुधबार धरानको भिन्टेज क्याफेमा एकल प्रस्तुति दिनेभएकि छिन्।
डिभाइन वाइनको आयोजनामा आज बुधवारदेखि हुन लागेको “ डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी” को लागि गायिका अस्मिताले पुर्वका चार शहरमा आफ्नो एकल प्रस्तुति दिदैछिंन।
नेपाली फिल्म तथा आधुनिक –पप गीतहरुमा अहिले निक्कै लोकप्रिय गायिका अस्मिता अधिकारीले भाइरल इन्टरटेनमेन्ट र सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा आज कार्तिक १६ गते धरानको भिन्टेज क्याफे एण्ड लंज बारमा , १७ गते उर्लाबारीको टोटाला रेस्ट्रो एण्ड बारमा , १८ गते बिराटनगरको तृष्णा द कार्भिंग टेल्समा र १९ गते बिर्तामोडको मोक्ष रेस्ट्रो एण्ड बारमा ब्याडका साथ आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्नेछिन्।
नेपाल आइडलको दोस्रो सिजनमा थर्ड रनरअप भएकी झापा स्थायी घर भएकी गायिका अस्मिता अधिकारीको “बाबरी रङ्गमा” संगै काफल कमल , टाढा भएपनि , लज्जावती झार , कोहोला त्यो , साली मन पर्यो , तिम्रो मायाले बाँधेर राख , रम रम मरौतीं लगायत थुप्रै गीतहरु चर्चित छन्।
ब्याण्डका साथ अस्मिता अधिकारीको प्रस्तुतिले संगीतका पारखीहरुले भरपुर मनोरंजन लिने डिभाइन वाइनले जनाएको छ।
Pingback: sextoy
Pingback: prozac and zoloft
Pingback: UFA191 คืออะไร
Pingback: ตรวจสอบสลิปโอนเงิน
Pingback: สบาย168