एमाले जसपा गठबन्धनः जातिय महासंघदेखि पत्रकार सम्म भेटघाट
दिव्य रोशनी(धरान) / आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी १ मा एमाले जसपा गठबन्धनले जातिय महासंघदेखि पत्रकार सम्म भेटघाट गरेको छ ।
बुधबार बिहानदेखि निर्वाचन परिचालन वडा कार्यालय उद्घाटनदेखि पत्रकार भेटघाट तथा जातिय महासंघसंग भेला सहितको कार्यक्रममा ब्यस्त रहेको थियो। भेटघाटमा एमाले जसपाको प्रतिनिधि सभा साझा उम्मेदवारको लागि अशोक राई,प्रदेश उम्मेदवार रमेश बस्नेत र बिजय राई सहितको समानुपातिक उम्मेदवार सहित सहभागी थिए ।
आदिवासीको शहर भनेर चिनिने धरानमा साझा उम्मेदवार सहितको ब्यापक भेला भएका थिए। उक्त भेलाले संयुक्त उम्मेदवारलाई जिताउनको लागि संग्राम लिम्बुको संयोजकत्व र सह संयोजक हेमराज जिमि याक्खा रहनेगरि ५०१ जना निर्वाचन परिचालन समिति गठन गरिएको छ।त्यसैगरी वडा नम्बर ३,१८,१९,११ को वडा परिचालन कार्यालयको उद्घाटन समेत गरिएको छ । बुधवार प्रेस चौतारीको आयोजनामा होटेल ड्रीमल्याण्डमा सुझाव संकलन कार्यक्रम समेतको आयोजना गरिएको थियो ।

Pingback: เลือกแทงหวย ครบวงจร แทง LSM99
Pingback: click the following internet site
Pingback: หมอไก่ at medical clinic
Pingback: Seven Pod