कोरोना संक्रमित निको हुने दर बढ्योः बुधवार थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि, ६७१६ जना संक्रमणमुक्त

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर ६ हजार ७ सय १६ जना डिस्चार्ज भएका छन्भने १ सय ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ८ सय ४५ पुगेको छ। यसैगरी नेपालमा कोरोना संक्रमितको संख्या ५ लाख ३५ हजार ५ सय २५ पुगेको छभने ४ लाख ११ हजार ६ सय ३ जना कोरोना संक्रमणमुक्त भएको मंत्रालयले जनाएको छ।

243 thoughts on “कोरोना संक्रमित निको हुने दर बढ्योः बुधवार थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि, ६७१६ जना संक्रमणमुक्त

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *