कोरोना संक्रमणका कारण विहिबारदेखि धरानका विद्यालयहरु बन्द हुने

दिव्य रोशनी(धरान)/ तिब्ररुपमा बढ्दैगएको कोरोना संक्रमणका कारण विहिबारदेखी धरानका विद्यालयहरु पुर्णरुपमा बन्द हुने भएको छ ।
धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईको अध्यक्षतामा बसेको सरोकारवाला पक्षसँगको बैठकले भोली विहिवार देखी धरानका सम्पूर्ण विदालयहरु बन्द गर्ने निर्णय गरेको हो । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्न कटवालले यही वैशाख १४ गतेदेखि बार्षिक परीक्षा शुरु हुने र २४ गतेभित्र परीक्षा सक्ने निर्णय गरिएको समेत बताए ।
विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्ट सहितको कोभिड १९ महामारी नेपालमा समेत बढ्दै गएको सन्दर्भमा रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषदको सोमबार बसेको बैठकले धरान सहित देशका विभिन्न शहरहरुमा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्र)मा वैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाईका विधिहरु अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न निर्देशन दिएको थियो । सोही निर्देशन अनुसार धरान उपमहानगरपालिकामा बैठक बसेको हो ।बैठकमा उपप्रमुख मञ्जु भण्डारी, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधि, शिक्षकका संघ संगठनका प्रतिनिधि र प्रध्यानाध्यापक तथा प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो।

टिप्पणीहरू are closed.