कोरोना संक्रमण दर झनै बढ्योःबुधवार २३५१ जना कोरोना संक्रमित थपिए

(दिव्य रोशनी)/ नेपालमा बुधवार थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा २२२० जना र एन्टिजेन परीक्षणमा १३१ जना गरी २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८९ हजार ७ सय ८७ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ८७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७६ हजार ९३ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार १ सय १२ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

2 thoughts on “कोरोना संक्रमण दर झनै बढ्योःबुधवार २३५१ जना कोरोना संक्रमित थपिए

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *