धरान होलिडेजले हेलिकप्टर मार्फत पाथीभरा मन्दिर दर्शन गराउने

दिव्य रोशनी(धरान)/ धरान होलिडेज प्रालीले हेलिकप्टरमार्फत धरानदेखी ताप्लेजुङ्को पाथीभारा मन्दिर दर्शन गराउने भएको छ।
प्रालिले आज विहिवार धरानमा पत्रकार सम्मेलनको आयोजना गर्दै यही वैशाख ५ गतेबाट धरानदेखि पाथीभरासम्म हेलिकप्टर मार्फत दर्शन गर्न सकिने जनाएको छ। पत्रकार सम्मेलनमा प्रालीका अध्यक्ष कुन्दन श्रेष्ठले पाथीभारा दर्शनको लागि प्रतिव्यक्ति २९ हजार ९ सय ९९ रुपैया र माउण्टेन फ्लाइट गर्न चाहनेहरुको लागि ६९ हजार ९ सय ९९ शुल्क तोकिएको बताए। उनले एकमुष्ठ रकम जम्मा गर्न नसक्ने यात्रीहरुका लागी सहकारी मार्फत विना ब्याजमा दिनको १ सय र मासिक २५ सय किस्तामा पाथीभारा दर्शन गर्न सकिने समेत जनाए।
प्रालिका अनुसार सहकारी मार्फत सरल किस्ताबन्दीका लागी तोकिएको सहकारीकोे सदस्य हुनुपर्ने छ । जसमा धरानका झरना, हातेमालो, शिखर, उद्यमशिल, पुर्वेली, निसान लगायत विभिन्न ९ वटा सहकारीसँग प्रालिले सहकार्य गरेको प्रबन्ध निर्देशक अमृत मानन्धरले जानकारी दिए । उनले किस्ताबन्दी अन्तर्गत उपलब्ध सेवाले विशेषगरी विपन्न नागरिकहरुलाई पाथीभारा दर्शनमा सहज बनाउने बताए।
यसैगरी प्रालिले ७० बर्ष उमेर पुगेका ज्येष्ठ नागरिक र अशक्तहरुलाई १० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ । पाथीभरा मन्दिर बाहेक खोटाङको हलेसी मन्दिर जान चाहने यात्रीहरुलाई पनि सेवा दिने जनाएको छ। यसैगरी दुर्गभ भेगका विरामीलाई उपचारको लागि उद्दार गर्नुपरेमा पनि हवाई एम्बुलेन्सको रुपमा सेवा दिइने प्रालीले जनाएको छ।

टिप्पणीहरू are closed.