मिराकल थ्री वाइ थ्री ओपन बास्केटवलमा २२ टिम सहभागि

मिराकल बास्केटवल क्लवको आयोजना तथा धरान बास्केटवल संघ र सुनसरी बास्केटवल संघको सहयोगमा मिराकल थ्री वाइ थ्री एकदिने ओपन बास्केटवल हुने भएको छ ।
धरान १६ स्थित धरान रंगशाला इन्डोर बास्केटवल कोर्टमा सनिवार संपन्न हुने प्रतियोगितामा २२ टिमले सहभागिता जनाउने भएको छ । प्रतियोगितामा धरान, विर्तामोड र तरहरा वाट बास्केटवल टिमहरुले सहभागिता जनाउने भएको छ । प्रतियोगिताका विजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडि एमभिपिको उपाधि विजेताले ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मिराकल क्लवका अध्यक्ष योक राइले जानकारी गराए । बास्केटवल खेल विकास र खेलाडि उत्पादनका लागि क्लवले गत साल देखि प्रतियोगिताको अयोजनाको सुरुवात गरिएको अध्यक्ष राईले जनाए ।