विहिवार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टिः थप ५ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा विहिवार थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४९० जना र ५६४ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४४ जना गरी ५ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर १ सय ५७ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ६ सय ४ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ६६ जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

1,093 thoughts on “विहिवार थप ५३४ जनामा कोरोना संक्रमण पुष्टिः थप ५ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *