शुक्रवार थप ९ सय जनामा कोरोना संक्रमण पुष्टिः थप २ को मृत्यु

(दिव्य रोशनी)/ नेपालमा शुक्रवार थप ९ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५३७ जनामा गरिएको पीसीआर परीक्षणमा ८३६ जना र ६२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६४ जना गरी ९ सय जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ।
यसैगरी मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनालाई जितेर २ सय ८ जना डिस्चार्ज भएका छन्। कोरोनालाई जितेर हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७४ हजार ८ सय १२ पुगेको छ।
यसैगरी यसैगरी पछिल्लो पटक थप मृतक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हालसम्म कोरोना संक्रमणबाट ३ हजार ७० जनाको मृत्यु भएको मंत्रालयले जनाएको छ।

3,224 thoughts on “शुक्रवार थप ९ सय जनामा कोरोना संक्रमण पुष्टिः थप २ को मृत्यु

टिप्पणी छोड्नुहोस्

Your email address will not be published. Required fields are marked *