किरातेश्वर माविले मनायो ५१ औं वार्षिक उत्सव (भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरान १९ स्थित किरातेश्वर माध्यमिक विद्यालयले ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।
सोमवार विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वाले वडावासीहरुको सहयोग र सहभागितामा २०३० सालबाट संचालनमा आएको यस विद्यालयले विभिन्न कालखण्डलाई पारगर्दै ५१ आंै वार्षिकउत्सव मनाउन सफल भएको बताए।
कार्यक्रममा प्रअ. पालुङ्वाले विद्यालयबारे संक्षिप्त प्रकाश पार्दै काठले निर्मित विद्यालयको जिर्ण भवनलाई २०५७ सालमा वडावासीहरुको सक्रिय पहलमा ब्रिटिस वेलफेयरले १५ लाखको लागतमा ६ कोठे दुईतले भवन निर्माण पश्चात जनसहभागिता र विभिन्न दाताहरुको सहयोग गरी हाल १६ कोठा भएको पक्की भवनबाट अध्यनअध्यापन भईरहेको बताए। उनका अनुसार हाल विद्यालयमा ३ सय १९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन्।


धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देउमान ताप्मादेनको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाइ सुनसरीका प्रमुख खगेन्द्र प्रसाद सुवेदी , ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जबेगु, १९ नं वडाका वडाअध्यक्ष पूर्ण बहादुर लिम्बु, शिक्षा युवा तथा खेलकुद महाशाखा धरानका प्रमुख गणेश प्रसाद खतिवडा, वडा सदस्यद्धय जसरथ थलङ, झुमादेवी गुरुङ, एरिया वेल्फेयर सेन्टर धरानका पूर्व एरिया अफिसर क्या. पूर्ण प्रसाद लिम्बु, समाजसेवी सरस्वती श्रेष्ठ लगायत विभिन्न विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो।


कार्यक्रममा विद्यार्थीहरुको बेजोड आकर्षक नृत्य प्रस्तुती रहेको थियोभने अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो। सोही अवसरमा विद्यालयको वार्षिक मुखपत्र समेत सार्वजनिक गरिएको थियो।