फुस्रे समाजको अध्यक्षमा महेन्द्र प्रधान

दिव्य रोशनी (धरान)/ समाजप्रति उत्तरदायित्व बहन गर्ने उद्धेश्यले महेन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय धरान १३ फुस्रे समाजको गठन गरिएको छ।
सोमवार धरान १३ स्थित श्री शिद्धेश्वर महादेव मन्दिरको हाताभित्र बसेको बैठकले महेन्द्र प्रधानको अध्यक्षतामा ९ सदस्यीय समाजको गठन गरेको हो।
समाजको उपाध्यमा पार्वती राई, महासचिवमा पुरुषोत्तम निरौला, सचिवमा विष्णु कुमार श्रेष्ठ र कोषाध्यक्षमा पुष्पा राई (शाही) चयन भएका छन्।


यसैगरी समितीको सदस्यहरुमा सुनिता न्यौपाने, सुदर्शन श्रेष्ठ, कैलाश पालुङ्वा र लेखराज सुब्बा रहेका छन्। यस फुस्रे समाजले समाजप्रति उत्तरदायित्व बहन गर्ने उद्धेश्यले शान्ति सुरक्षा, स्वास्थ्य, खेलकुद, पठनपाठन, सरसफाई लगायत सम्पदाहरुको संरक्षण गर्नका लागी समाजको गठन भएको अध्यक्ष प्रधानले बताए। उनका अनुसार फुस्रे समाजमा १ सय ३१ घरपरिवार रहेका छन्।