क्रान्तिकारी विद्यार्थी युनियनको दोस्रो प्रदेश सम्मेलन धरानमा हुने(भिडियो सहित)

दिव्य रोशनी(धरान)÷ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को दोस्रो प्रदेश सम्मेलन यही भाद्र २५ देखी २६ गतेसम्म धरानमा हुने भएको छ।
आज सोमवार धरानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष हेमन्त राईले प्रदेशको मातहतमा रहेका महानगर र १४ जिल्ला कमिटीको सम्मेलन पश्चात १ नं प्रदेशको सम्मेलन हुन लागेको बताए। उनले प्रदेशभरीबाट ३० हजार बढी संगठीत सदस्यहरुबाट ४ सय ५५ जना प्रतिनिधी सम्मेलनमा सहभागी हुने समेत बताए।


धरान– १५ स्थित होटल ईजिराईडरमा हुने प्रदेशको दोश्रो सम्मेलनबाट ११ सदस्यीय पदाधिकारी सहित ६१ सदस्यीय कमिटी निर्वाचित हुनेछ। सबै पदाधिकारी र हरेक सदस्य प्रतिनिधीहरुबाट प्रत्यक्ष निर्वाचित हुनेपनि अध्यक्ष राईले बताए।
“सुशासन र समाजवादी शिक्षाका लागी हाम्रो आन्दोलन, सुदृढ संगठन निर्माणका लागी दोस्रो प्रदेश सम्मेलन” भन्ने नाराका साथ आयोजना हुन लागेको दोस्रो प्रदेश सम्मेलनको उद्घाटन केन्द्रिय नेता तथा कोशी प्रदेश ईन्चार्ज हरिवोल गजुरेलको प्रमुख आथित्यमा हुने बताईएको छ।