कांग्रेसले विष्णुपादुकामा वृक्षरोपण र ग्रीन एण्ड क्लीन धरान कार्यक्रम पुनः सञ्चालन गर्ने

दिव्य रोशनी (धरान)/ नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले विष्णुपादुका र भेडेटार आसपास वृक्षरोपण गर्ने र गत वर्ष सञ्चालन गरिएको ग्रीन एण्ड क्लीन धरान कार्यक्रम यस वर्ष पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।
क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा सम्पन्न बैठकले वृक्षरोपणका लागि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ कै संयोजकत्वमा क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सहसचिव सुमित राई, क्षेत्रीय सदस्यद्धय शिखा चेम्जोङ, कविता लिम्वु र प्रदेशसभा १(१) कोषाध्यक्ष रविना सुब्बा गुरुङ सदस्य रहेको व्यवस्थापन समिति गठन गरेको छ। यसैगरी र स्थानीय नेता तथा जनप्रतिनिधि वडा सदस्य देवेन्द्र राईको संयोजकत्वमा तयारी, रेखदेख तथा समन्वय समिति समेत गठन गरेको छ ।