तरुण दलको भवन निर्माणमा प्रेम मुकारुङबाट २ लाख सहयोग

दिव्य रोशनी/ नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय सदस्य प्रेम मुकारुङले तरुण दलको भवन निर्माण सहयोगार्थ दुई लाख रुपैया प्रदान गरेका छन्।
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिका अध्यक्ष विद्धान गुरुङको नेतृत्वमा तरुण दलले राष्ट्र वा सरकारी बजेटबाट नभई स्वयं तरुणहरुको साथ अनि सहयोगबाट काठमाडौ रबिभवनमा भवन बनाउने निर्णय गरे संगै धरानका तरुण नेता एव समाजसेवी मुकारुङले भवन निर्माण सहयोगार्थ दुईलाख प्रदान गरेका हुन्।
तरुण नेता एव समाजसेवी मुकारुङले देशभरीका तरुणहरु एक भएर समाजमा नयाँ दिशानिर्देश गर्न लागि परेको अवस्थामा आफुले पनि हातेमालो गर्न चाहेको बताए। उनले मरेर जादा कोही कसैले केहीपनि नलैजाने भएकाले आफुले कमाएको भागबाट केही रकम तरुण दल भवन निर्माणमा सहयोग गरेको जानकारी दिए। “आज देश भरी पार्टी र पार्टिका भातृ संस्थाहरुले राज्य र सरकारमा नेतृत्व गरेकै भरमा राष्ट्र र जनताको पैसाबाट आफ्नो भवन निर्माण गर्दै आएकोमा तरुण दलले आफै भवन निर्माण गर्न साहस गर्नु भनेको समाज र राष्ट्रमा एउटा नयाँ उदाहरण पेश गरेको छ।” उनले भने। यस महान उद्धेश्यमा आफु जोडिन पाउदा खुशी लागेको उनले बताए।
तरुण नेता एव समाजसेवी मुकारुङ गएको २०७९ को निर्वाचनमा कांग्रेस १३ मतले पछाडी हुँदै गर्दा पनि कार्यपालिका निर्वाचनमा सहभागी भई एक मतले मात्र पराजित भएका थिए।