धरान भेट्रान र हाम्रो धरान भेट्रान विजयी

दिव्य रोशनी(धरान)/ चौथो बिक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिता अन्तर्गत आज सोमवार भएको खेलमा आयोजक धरान भेट्रान क्लव र हाम्रो धरान भेट्रान क्लव विजयी बनेको छ।
धरान रंगशालामा भएको पहिलो खेलमा आयोजक धरान भेट्रानले कन्काई भेट्रानलाई १०–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ। खेलमा आयोजक धरान भेट्रानका मिलन श्रेष्ठले ५ गोल गरेका थिए। उनले खेलको पहिलो हाफको ३१ औं मिनेट र दोस्रो हाफको ३९, ४२, ४५ र ५६ औं मिनेटमा गोल गरेका थिएभने मित्र बस्नेतले ६, ४१, र ५८ मिनेटमा, बिक्रम श्रेष्ठले पहिलो हाफको १२ औं मिनेटमा र कृष्ण श्रेष्ठले दोस्रो हाफको ४९ औं मिनेटमा गोल गरेका थिए। यसैगरी कन्काई भेट्रानका लागी पलुम किपगेम र धनश्याम दाहालले १÷१ गोल गरेका थिए। खेलको म्यान अफि म्याच आयोजक धरान भेट्रानका मिलन श्रेष्ठ घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे।
यसैगरी प्रतियोगिता अन्तर्गत आजै भएको दोस्रो खेलमा हाम्रो धरान भेट्रानले हाम्रो ईटहरी भेट्रानलाई पेनाल्टी सुट आउटमा ४–२ गोल अन्तरले पराजित गरेको छ। खेलको निर्धारित समय सम्ममा दुबै टिमबाट १/१ गोल भएको थियो । जसमा हाम्रो धरान भेट्रानका कुमार तामाङले खेलको दोस्रो हाफको १७ औं मिनेटमा गरेका थिएभने हाम्रो ईटहरी भेट्रानका लागी गोविन्द श्रेष्ठले २७ औं मिनेटमा गोल गरेका थिए। खेलको म्यान अफ दि म्याच हाम्रो धरान भेट्रानका गोल किपर देव सिं घोषित भए। उनले नगद २१ सय सहित मेडल प्राप्त गरे। भोली मंगलवारको खेल का“कडभिट्टा भेट्रानका विरुद्ध दमक लखनपुर भेट्रानका बिच हुने म्याच कमिस्नर ईन्द्र थापा मगरले बताए।
धरान भेट्रान फुटबल क्लवको आयोजनामा यही चैत्र ३० गते हुने फाईनल खेलको विजेताले रनिङ ट्रफि सहित नगद १ लाख ५ हजार पाउनेछन्भने उपविजेताले ट्रफि सहित नगद ६० हजार पाउनेछन्। त्यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २१ सय प्राप्त गर्नेछन्भने बेष्ट प्लेयरले नगद १० हजार र अन्य व्यक्तिगत पुरस्कार तर्फ ३५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष रोमी मोक्तानले बताए।