चुडाल बन्धु कल्याण समिति तथा आमाबुवा कोषद्वारा पत्रकारसहित मातापिता लाई सम्मान

भवानी चुडाल
दिव्य रोशनी /
चुडाल बन्धु कल्याण समिति तथा आमाबुवा कोषद्वारा पत्रकारसहित वृद्धवृद्धा मातापिताहरु लाई सम्मान गरिएको छ।
शनिवार चुडाल बन्धु कल्याण समिति तथा आमाबुवा कोष केन्द्रीय समिति कन्काई नगरपालिका (लक्ष्मीपुर झापा) द्वारा आयोजित एक कार्यक्रम माझ सम्मानको आयोजना गरिएको हो। कार्यक्रममा विर्ता ज्योति साप्ताहिकका सम्पादक तुलशी प्रसाद निरौला सहित दाताहरु, उत्कृष्ट छोरीबुहारी र पाँचौ पुस्ताका १५जना, छैटौं पुस्ताका ८१जना र ७औं पुस्ताका ४०जना गरी जम्मा १५०जनालाई नगद सहित दोसल्ला ओढाई सम्मान गरिएको थियो।
यसैगरी चुडाल बन्धुका उत्कृष्ट छोरी इन्दु चुडाल मिश्र र उत्कृष्ट बुहारी कुमारी खड्का चुडाललाई पनि नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। त्यसै गरी चुडाल बन्धु आमाबुवा कोषमा आर्थिक सहयोग गर्ने दाताहरु इन्दु चुडाल मिश्र, भागिरथा चुडाल, सिसम चुडाल, हरी कुमार चुडाल ंअर्चना चुडाल, प्रेम रत्न चुडाल ंलक्ष्मी ढकाल चुडाल त्यसै गरी सुमित्रा प्रसाई चुडाल,चन्द्र प्रसाद / शारदा चुडाल लाई पनि सम्मान गरिएको थियो।


कार्यक्रममा प्रमुख अतिथि कन्काई नगरपालिकाकी उपमेयर आशा शर्मा सिवाकोटी ले आफुलाई कार्यक्रममा निमन्त्रणा गर्नु भएकोमा आफुलाई खुसी लागेको बताउनु भयो। कार्यक्रममा अतिथिहरु चुडालबन्धु कल्याण समितिका केन्द्रीय सदस्य गोपाल चुडाल, पूर्व अध्यक्ष बेनु चुडाल, ओली बन्धु समन्वय समिति झापाका अध्यक्ष भवानी प्रसाद ओली, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समितीले मातातिर्थ औशीको अवसर पारेर हरेक वर्ष आमाबुवा अक्षय कोषको ब्याजबाट विभिन्न व्यक्तित्वहरुलाई सम्मान दिईदै आएको समितिले जनाएको छ। कार्यक्रममा चुडाल बन्धुका भान्जाभान्जी,चेलीबेटी ,विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
कार्यक्रममा कोषका अध्यक्ष कृष्ण प्रसाद चुडालले कोषको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन समितीका केन्द्रीय सचिव चन्द्र देव चुडालले गर्नुभएको थियो।