नेपाल उद्योग तथा व्यावसायी महासंघ धरानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

दिव्य रोशनी(धरान)/ नेपाल उद्योग तथा व्यावसायी महासंघ धरान उपमहनगर कमिटीको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ।
सोमवार धरानको स्टार पूर्वी होटलमा भएको कार्यक्रममा संघका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज केदार लामिक्षाने प्रमुख हतिथी रहेका थिए। उनले नेपालमा व्यावसायीहरुको हितका लागी थुप्रै संघहरु खोलिएपनि साना लगानीका व्यावसायीहरुलाई वेवास्ता गरेका कारण उनिहरुको समस्या हल गर्नका लागि यस संघको स्थापना भएको बताए।
सोहीक्रममा प्रमुख अतिथी लामिक्षानेले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण व्यवसायीहरु मारमा परेको बताउदै अब राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति व्यवसायिहरुको हितमा हुनुपर्ने समेत जनाए। यसैगरी कार्यक्रममा संघका सुनसरी जिल्ला अध्यक्ष काजी गिरीले धरानका साना व्यावसायीहरुको मर्म बुझेर हक, हितका लागि लागि परेको बताउदै व्यावसायीहरु एक अर्का संग हातेमालो गरी अघि बढ्नुपर्ने बेला आएको बताए। त्यस्तै नेकपा एमाले धरान अध्यक्ष हर्कजङ एभेङले धरानलाई जोड्ने राजमार्गहरु बाइपास भएपछि बजारमा समस्या आएको बताए। उनले धरान बजार भएर जाने चार लेन सडकलाई व्यवस्थित गरेर लैजान दिन पनि व्यावसायी तथा घरधनीहरुमा आग्रह गरे।


संघका अध्यक्ष शिवराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सचिव चन्द्र बहादुर सुवेदीले वार्षिक प्रतिवेदन पेश गरेका थिएभने कोषाध्यक्ष मिशन लामाले आर्थिक प्रतिवेदन पेश गरेकि थिईन्। संघका कोषाध्यक्ष टंक कुमारी गुरुङको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रममा भर्खरै मात्र ईलाका प्रहरी कार्यालय धरानमा आउनुभएका प्रहरी प्रमुख डिएसपी मान बहादुर राईलाई सम्मान समेत गरिएको थियो।
यसैगरी संघको रिक्त रहेको सचिवमा चन्द्र सुबेदी र उपसचिवमा सोम दर्नाललाई नियुक्ती समेत गरेको छ।