कोशी प्रदेश महिला विभागद्धारा पत्रकार महिलाहरुको क्षमता विकास कार्याशाला

दिव्य रोशनी/
नेपाल पत्रकार महासंघ, कोशी प्रदेश महिला विभागद्धारा एकदिने पत्रकार महिलाहरुको क्षमता विकास कार्याशालाको आयोजना गरिएको छ।
“पत्रकारितामा महिलाको सहभागिता,समावेशी र सम्मुनत नेपाल आजको आवस्यकता” भन्ने नाराको साथ मंगलबार विराटनगरमा एकदिने कार्यशालाको आयोजना गरिएको हो। कार्यक्रममा सामाजिक बिकास मन्त्री सम्सेर राई प्रमुख अतिथी रहेका थिए। उनले पत्रकारहरुलाई बिकाउ होइन टिकाउ बनाउन प्रदेश सरकार संगै आफनो तर्फबाट पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।
यसैगरी महासंघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष लवदेब ढुंगानाले संचारक्षेत्रमा पत्रकार महिलाहरु पलायन हुने स्थिति बढेको बताउदै उनीहरूलाई टिकाइराख्ने नीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिए। त्यस्तै महासंघ कोशी प्रदेशको उपाध्यक्ष हिमा चेम्जोङले पत्रकार महिलाहरुको संख्या अझ बढाएर उनीहरूको क्षमता र दक्षता अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरु गर्दै लैजाने बताए। कार्यक्रममा पत्रकार महिलाहरुको हक हित साथै पत्रकारितामा सिनष्पक्ष र निरन्तरता बारे छलफल भएको थियो ।
सोही अवसरमा लामो समयसम्म पत्रकारिता क्षेत्रमा योगदान पुराउने कोशी प्रदेशका ६ जना पत्रकार महिलालाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा धरानकी निलिफा सुब्बा , गगांबराल, विराटनगरकी ललिता भट्टराई , झापाकी शुसिला सङग्रौला, बाला अधिकारि, सामाजिक महाशाखा प्रमुख दुर्गा बराल रहेका छन् । उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथी सामाजिक बिकास मन्त्री सम्सेर राई, महासंघ उपाध्यक्ष हिमा चेम्जोङ लगायतले सम्मन गरेका थिए।
कार्यक्रममा संचारिका समुहका पुर्व अध्यक्ष निर्मला शर्मा, कोशी प्रदेशको सामाजिक विकासका उपसचिव दुर्गा बराल, पत्रकार महासघको केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, नेपाल पत्रकार महासघ कोशी प्रदेशको सचिव देबेन्द्र कार्की लगायत कोशी प्रदेशभरिका पत्रकार महिलाहरुको उपस्थिति रहेको थियो ।