दिव्य रोशनी साप्ताहिकको १९ औं स्थापना दिवसमा ३ पत्रकार सहित ६ जनालाई सम्मान(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिकले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा ३ पत्रकार सहित ६ जनालाई सम्मान गरेको छ।


विहिवार आयोजित पत्रिकाको स्थापना दिवसको अवसरमा पत्रकार भैरव आङ्ला, विना देवी तामाङ र नवराज विष्टलाई सम्मान गरेको हो। पत्रिकाका सम्पादक मनिता चाम्लिङका दिवंगत बुवा क्विन गोर्खा ईन्जिनियरिङ सार्जन्ट स्व. प्रभुराम राईको स्मृतिमा स्थापना गरिएको “उत्कृष्ट सामाजिक सम्मान” द्धारा भैरव आङ्ला र विना देवी तामाङलाई सम्मान गरिएको थियो।यसैगरी पत्रिकाका सम्पादक चाम्लिङका कान्छा दाजु स्व.बाजुन राईको समृतिमा स्थापना गरिएको “सृजनशिल पत्रकारिता सम्मान” पत्रकार नवराज विष्टलाई प्रदान गरियो। सम्मानित तिनै जनालाई नगद ५ हजार १ सय ५ रुपैया राशी सहित सम्मनपत्रले सम्मान गरिएको थियो।


यसैगरी कार्यक्रममा महिला उद्यमी तथा समाजसेवी पूर्ण कुमारी श्रेष्ठलाई दोसल्ला तथा अभिनन्दनपत्रले अभिनन्दित गरिएको थियोभने पत्रिकामा सर्वाधिक लेख रचना पठाएर सहयोग गर्ने रोशन श्रेष्ठ(बेरी) र नितेश श्रेष्ठ (अमात्य)लाई कदरपत्र प्रदान गरिएको थियो।सम्मानितहरुलाई पत्रिकाका सम्पादक मनिता चाम्लिङ, प्रमुख अतिथी धरान उप–महानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई लगायतले सम्मान तथा अभिनन्दन गरेका थिए।


कार्यक्रममा धरान उप–महानगरपालिकाका मेयर हर्कराज राई, ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्ल, अग्रज पत्रकार हर्ष सुब्बा, महिला संजाल धरानकी अध्यक्ष सपना राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


पत्रिकाका सम्पादक मनिता चाम्लिङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमलाई पत्रकार भरतराज शर्माले संचालन गरेका थिएभने पत्रिकाका प्रबन्ध निर्देशक सागर सिंजालीले धन्यवाद ज्ञापन गरेका थिए।