तेस्रो धरान भेट्रान फुटबल प्रतियोगिताः धुलावारी सेमिफाईनलमा(भिडियो सहित)

दिव्य रोशनी(धरान)/ धरानमा जारी तेस्रो धरान भेट्रान फुटबल प्रतियोगितामा धुलावारी भेट्रान क्लब विजयी बनेको छ।
मंगलवार धरान रंगशालामा भएको खेलमा धुलावारी भेट्रानले कन्काई भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो। खेलमा हाम्रो धुलावारी भेट्रान क्लबका नरोत्तम गौतमले खेलको दोस्रो हाफको १० औं मिनेटमा एकमात्र गोल गरेका थिए। उनी प्रतियोगिताका म्यान अफ दि म्याच समेत घोषित भए। उनले नगद २ हजार सहित मेडल प्राप्त गरे। प्रतियोगितामा कन्काई भेट्रानका गोलकिपर भिम बहादुर खड्का घाईते भएका थिए। उनलाई उपचारका लागी विपी प्रतिष्ठान धरानमा लगिएको छ।


आगामी शनिवार हुने फाईनल प्रतियोगिताका बिजेताले नगद १ लाख १ हजार सहित रनिङ ट्रफि प्राप्त गर्नेछन् भने उपबिजेताले ५१ हजार प्राप्त गर्ने क्लबका अध्यक्ष रोमी मोक्तानले बताए। उनका अनुसार भोली बुधवार पहिलो सेमिफाईनल खेल हाम्रो धरान भेट्रान फुटबल क्लब र दमक लखनपुर भेट्रानका बिच हुनेछ।

One thought on “तेस्रो धरान भेट्रान फुटबल प्रतियोगिताः धुलावारी सेमिफाईनलमा(भिडियो सहित)

टिप्पणीहरू are closed.