बुढासुब्बा टुवोर्ग गोल्डकपः काँकडभिट्टा फाईनलमा
दिव्य रोशनी(धरान)/ भारतको खर्साङलाई पराजित गर्दै काँकडभिट्टा बुढासुब्बा गोल्डकको फाईनलमा प्रवेश गरेको छ।
धरानमा जारी २३ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगितामा बुधवार भएको खेलमा काँकडभिट्टाले खर्साङलाई ३–१ गोलअन्तर पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। धरान १६ स्थित रंगशालामा भएको खेलमा पहिलो हाफको २२ औं मिनेटमा काँकडभिट्टाका यामीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिएभने ४५ औं मिनेटमा खर्साङका हेमराज भुजेलले गोल गर्दै टिमलाई १–१ को बराबरीमा पुर्याएका थिए।
अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा दोस्रो हाफको ६ मिनेटमै काकाडभिट्टाले पुनः अग्रता लिएको थियो। जसमा शुसिल राईले गोल गरेका थिए। यस्तै खेलको ९० औं मिनेटमा खर्साङका रोशन भुजेलले काँकडभिट्टाका शुसिल राईलाई डि बक्स एरियामा लडाएपछि काँकडभिट्टाले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीलाई सदुपयोग गर्दै निशान लिम्बुले गोल गर्दै आफ्नो टिमलाई ३–१ को गोल अन्तरले विजयी गराए।
खेलपछिको पोष्ट म्याच कन्फ्रेन्समा खर्साङ भारतका कोच उर्गेन लामाले खेलाडीहरु बिच तालमेल नमिलेकै कारण खेल हार्नुपरेको बताए। यता काँकडभिट्टाका कोच मुन्ना सुब्बाले खेलमा ४–३–३ को रणनिती अपनाईएपनि सफल हुन नसक्दा तत्कालै ४–४–२ को रणनिती अपनाईएकाले जित्न सफल भएको बताए। उनले फाईनल खेलका लागी टिमलाई अझ बजबुद बनाउने समेत बताए। काकडभिट्टाले अब फाईनलमा भोली विहिवार हुने एन्फा मोरङ र एभनिर एफसि क्यामरुन टोली बिचको विजेता संग उपाधीका लागी प्रतिस्पर्धा गर्नेछ।खेलमा काँकडभिट्टाका यामी म्यान अफ द म्याच घोषित भए। उनले नगद १० हजार सहित मेडल प्राप्त गरे।


भोली विहिवारको अन्तिम सेमिफाईनल खेल एन्फा मोरङका विरुद्ध एभनिर एफसि क्यामरुन फुटबल टिमका बीच हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेताले १० लाख सहित शिल्ड, उपविजेताले ५ लाख, उत्कृष्ट खेलाडीले १ लाख, प्रत्येक खेलको म्यानअफ दि म्याचले १० हजार, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्टर, उत्कृष्ट स्ट्राईकर, र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार पाउनेछन्भने सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए।
Pingback: raja bandarq
Pingback: togel hongkong
Pingback: สล็อต pg เว็บตรง แตกหนัก