धरान एक्स्पोमा आज विहिवार सबिन राईले प्रस्तुती दिने
दिव्य रोशनी(धरान)/ लोकप्रिय रक गायक सबिन राईले आज विहिवार धरान एक्स्पोमा साङ्गीतिक प्रस्तुति दिने भएका छन्।
आफ्नो ब्यान्ड ‘सबिन राई एन्ड द फारोह’सँग प्रस्तुत हुन लागेका गायक राईका ‘तिमी नै हौ’, ‘गुराँसका फेद मुनि’, ‘सम्झन्छु’ ‘समर्पण’, ‘धन्यवाद’, ‘कोमल त्यो तिम्रो’, ‘सम्झनाहरुलाई अँगाल्दै’, ‘जाउँ कि बसुँ’, ‘नमुना’, ‘मलाई अँगाली देउ’, ‘म संसार जित्ने’ लगायत गीतहरु चर्चित छन् ।
नेपाली ब्रयान एडम्सका रुपमा परिचित गायक राईले साङ्गीतिक बजारमा ६ एल्बम प्रकाशित गरिसकेका छन्। गायक राई तीन दशकदेखि गायक र रचनाकारका रुपमा निरन्तर नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय छन् ।
बेलुकी ६ बजेबाट प्रस्तुत हुने राईलाई स्थानीय कलाकार र समूहले साथ दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिएका छन् ।
धरान रङ्गशालामा फागुन ११ बाट सुरु भएको एक्स्पो फागुन २० गतेसम्म सञ्चालन हुनेछ। सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित एक्स्पोले सुनसरीको व्यवसायीक, औद्योगिक, कृषि, पर्यटन, शिक्षा, साङ्गीतिक, सूचना तथा प्रविधि क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ।

Pingback: testing automation
Pingback: magic mushrooms for sale oregon
Pingback: Alpha88