धरानको बजारक्षेत्रमा वान वे (एकतर्फी) गरियो(भिडियो सहित)
दिव्य रोशनी(धरान)/ धरानको बजारक्षेत्रमा ट्राफिक समस्या बढ्दै गएपछि वान वे (एकतर्फी) गरिएको छ।
आज सोमवारदेखी भानुचोक उत्तर लक्ष्मीचोकसम्म सम्म र लक्ष्मी चौकदेखी पुरानो बजार माछाभौडी, देशीलाईन हुँदै भानुचौक आउने सवारीसाधनहरु एकतर्फी गरिएको छ। यसैगरी रत्नरोड, गिता मन्दिर र सिंहदेवीलाईन लाईपनि वान वे गरिएको छ। वान वे शुरुवात गर्न मेयर हर्क साम्पाङ, उपमेयर अइन्द्रबिक्रम बेघा, इटहरीस्थित १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख श्यामकुमार महतो, वडा नं २ का अध्यक्ष रमेश राई लगायत फिल्डमा उत्रिएका थिए।
मेयर साम्पाङले धरानको अस्तव्यस्त सवारीको भिडलाई सहज बनाउन वान वे शुरु गरिएको बताए। उनले सम्पूर्ण सवारी चालकहरुले वान वे नियमलाई पालना गर्नपनि आग्रह गरे।
धरानमा पहिलो पटक बजारक्षेत्रलाई वान वे गरिएपछि अधिकांश सवारी चालकहरु अलमलमा परेका थिए।
Pingback: สต๊อกสินค้า
Pingback: seo in las vegas
Pingback: Debelov
Pingback: visit