धरान एक्स्पो : आज गायक दिपक बज्राचार्य को प्रस्तुती

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा धरान रङ्गशालामा जारी धरान एक्स्पो २०८० को दोस्रो दिन आज गायक दिपक बज्राचार्य प्रस्तुत हुने भएका छन् ।

फागुन ११ बाट जारी एक्स्पोमा आज साङ्गीतिक प्रस्तुति प्रस्तुत गर्न लागेका बज्राचार्यका ‘मायाको डोरीले’, ‘मनमगन’, ‘अल्लारे’ ‘रितु’ लगायतका गीत चर्चित छन् ।

बज्राचार्यबाहेक एक्स्पोमा आज स्थानीय कलाकार र समूहले मनोरञ्जनात्मक र साङ्गीतिक प्रस्तुति दिने एक्स्पोका संयोजक गोपाल श्रेष्ठले जानकारी दिए ।

साँझ ६ बजेबाट सुरु हुने साङ्गीतिक कार्यक्रममा आजका लागि टिकट दर दुई सय रुपैयाँ निर्धारण गरिएको छ भने दिउँसो चार बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।

सुनसरीको व्यवसायीक प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको एक्स्पोमा रैथाने, नेपाल, भारत, पाकिस्तान र बंग्लादेशका गरी एक सय स्टल अवलोकन गर्न सकिनेछ ।

१३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १६ करोड बढीको कारोबार हुने र तीन लाख बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।