सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतलाई अग्रता

दिव्य रोशनी (धरान)/ धरान ८ स्थित सभागृहमा सुनसरी क्षेत्र नं १ को मतगणना कार्य जारी रहेको छ ।
निर्वाचन अधिकृत रुद्रप्रसाद अर्यालका अनुसार आज बुधवार रातको ७ः१० बजेसम्म १९ हजार ७ सय ७९ मत गणना हुदा नेकपा एमालेका रमेश बस्नेतले अग्रता लिएका छन्। नेकपा एमाले सूर्यका रमेशले ५९९८ मत पाएका छन्भने नेपाली काग्रेसको रुखले ५२०८ मत पाएको छ। यसैगरी राप्रपा हलोले ४०८०, दाप सहितको खुकुरीले ४५१, लौरोले ६१०, ढाका टोपीले ५१, तिरले १३२, पानीको धाराले ६११, ब्याडमिन्टनको कर्कले १०, जिपले ८, डल्फिनले १८, हजारी चिन्हले ६८, लालटिन १५३९ र पंखाले २८ मत पाएका छन्।

One thought on “सुनसरी क्षेत्र नं १ प्रदेशसभा १(क) मा एमालेका रमेश बस्नेतलाई अग्रता

टिप्पणीहरू are closed.