२३ औं गोधुली फुटबल रनिङ कपः धरान १५ र २० नं वडा बिजयी

दिव्य रोशनी(धरान)/ २३ औं संस्करणको गोधुली फुटबल रनिङ कपमा शुक्रवार भएको खेलमा धरान १५ र २० नं वडा विजयी बनेको छ।
धरान १६ स्थित धरान रंगशालामा भएको पहिलो खेलमा धरानको १५ नं. वडाले १२ नं. वडालाई ३–० गोल अन्तरले पराजित गरेको हो। खेलमा धरान– १५ का प्रयाग देवान, सुगम जिमी र सुभम कार्कीले गोल गरेका थिए। खेलको म्यान अफ द म्याच धरान १५ का सुगम जिमी घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो।
यसैगरी शुक्रबारै भएको दोस्रो खेलमा धरान २० ले धरान १९ लाई ३–० को गोल अन्तरले पराजित गरेको छ। खेलमा धरान २० का गौरब राईले २ र मनोज राईले १ गोल गरेका थिए। खेलमा धरान २० का गौरब राई म्यान अफ दि म्याच घोषित भए। उनलाई नगद १५ सय सहित मेडल पुरस्कार प्रदान गरिएको थियो। यस संगै गोधुली रनिङ कपको क्वाटर फाईनल समिकरण पुरा भएको छ। भोली शनिवारको पहिलो क्वाटर फाईनल खेल धरान १ र ५ नं वडा बिच हुने आयोजक संस्था गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए।
प्रतियोगितामा धरानका २० वटै वडाको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपबिजेताले नगद ७५ हजारका साथमा ट्रफि र प्रमाणपत्र पाउनेछन्भने बिजेता उपबिजेतालाई १८ न.ंं वडाका वडाध्यक्ष प्रविण राई र उनका बुवा ध्यानबहादुर राईले पनि थप २५/२५ हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर खेलाडीले नगद १५ हजार, हाईस्कोररले ७ हजार ५ सय, वेष्ट डिफेन्डर, म्यान अफ दि म्याच, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राईकर, राईजिङ प्लेयर र वेष्ट मिडफिल्डरले जनही नगद ५ हजार ५ सय प्राप्त गर्नेछन्।
यसैगरी प्रतियोगितामा शिर्ष आठ टिममा पर्न सफल धरान १, ५, ११, १४, १५, १६, १७ र २० ले उप–महानगरपालिकाले आयोजना गर्ने स्व. सुवास राई स्मृति सुपर ८ लिगमा सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा हालसम्म धरान १९ नं. वडा सर्वाधिक ६ पटक विजयी भएको छभने ८ न.ं वडा ४ पटक र ११ र १७ नं. वडा ३/३ पटक विजयी बनिसकेको छ।